arrow

स्ववियु निर्वाचन बारे छलफल, २० गते भित्र निर्वाचन कार्यतालिका सार्वजनिक हुने

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
TU-fnl.jpg.jpeg
काठमाडौं । त्रिभुवन विश्वविद्यालय र विभिन्न विद्यार्थी सङ्गठनबीच स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबारे छलफल भएको छ । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी सङ्गठन र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबीच भएको छलफलमा निर्वाचन प्रणाली, उमेर हदबन्दी र निर्वाचन मितिका बारेमा छलफल भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । 
 
‘कुनै विद्यार्थी सङ्गठनले उमेरको हदबन्दी २८ वर्ष भनेका छन् भने कुनैले पहिलेको सहमतिअनुसार एकपटकका लागि उमेर हदबन्दी नतोक्ने विचार राखेका छन्’–सचिव लामिछानेले भनेका छन् । नेविसङ्घका प्रवक्ता युपी लामिछानेका अनुसार विद्यार्थी सङ्गठनको सहमतिका आधारमा त्रिविले आगामी वैशाख २० गते भित्रमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ । प्रत्यक्ष वा मिश्रित निर्वाचन प्रणालीबारेमा समेत विद्यार्थी सङ्गठनबीच विवाद देखिएको छ । 
 
अखिल (क्रान्तिकारी)का सचिव तथा प्रवक्ता सुरेन्द्र बस्नेतले नयाँ विद्यार्थीलाई अवसर दिने हिसाबले उमेरको हदबन्दी २८ वर्ष तोकिनुपर्छ भन्ने हाम्रो सङ्गठनको अडान रहँदै आएको छ,– भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ