arrow

रोहित एकै विश्वकपमा तीन सतक बनाउने पाँचौं खेलाडी  

यसअघि कसले बनाए बढी​​​​​​​ सतक ? 

logo
प्रकाशित २०७६ असार १५ आइतबार
rohit-sharma.jpg

काठमाडौं । भारतीय ओपनिङ ब्याट्सम्यान रोहित शर्माले इंगल्याण्डमा भइरहेको  एक दिवसीय विश्वकप क्रिकेटमा तेस्रो सतक पूरा गरेका छन् । 

इंगल्याण्ड विरुद्धको आइतबार रातिको खेलमा रोहितले १०९ बलमा १०२ रन बनाए । उनले कप्तान विराट कोहलीसंग मिलेर दोस्रो विकेटका लागि एक सय ३८ रनको साझेदारी समेत गरेका थिए । 

उनले यसअघि पहिलो खेलमा दक्षिण अफ्रिका विरुद्ध १२२ नटआउट र पाकिस्तान विरुद्ध १४० रन बनाएका थिए । 

यसअघि कसले बनाए बढी सतक ? 
विश्वकपको एकै संस्करणमा सबैभन्दा बढी सतक बनाउने कीर्तिमान श्रीलंकन क्रिकेटर कुमार सांगाकाराको नाममा रहेको छ । 

सांगाकाराले सन् २०१५ को विश्वकपमा ४ वटा सतक बनाएका थिए । त्यो नै सन् १९७५ देखि सुरु भएको विश्वकपको इतिहासको कीर्तिमान हो । 

त्यसपछि तीन सतक बनाउने खेलाडीहरुमा अष्ट्रेलियाका मार्क वा र म्याथ्यु हेडेन तथा भारतबाट रोहित शर्मासंगै सौरभ गांगुली रहेका छन् । 

मार्क वाले सन् १९९६ को विश्वकपमा, सौरभ गांगुलीले सन् २००३ को विश्वकपमा, म्याथ्यु हेडेनले सन् २००७ को विश्वकपमा सतक बनाएका थिए । 

रोहितले लिग चरणमै अझै दुई खेल खेल्न बाँकी रहने र सेमिफाइनलमा पनि खेल्न बाँकी रहने भएकाले कम्तीमा तीन खेल खेल्नेछन् । यी खेलमा पनि सतक बन्ने सम्भावना छ । 

यसअघि विराट कोहलीसंगै अष्ट्रेलियाका आरोन फिन्च र दक्षिण अफ्रिकाका ग्राहम स्मिथको नाममा लगातार चार अर्धसतकको कीर्तिमान थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ