arrow

स्वाभिमान अभियान लिएर पहाडी पुगे ताप्लेजुङमा

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
index.jpg.jpeg
ताप्लेजुङ। स्वाभिमान अभियान र जागरणसभा गर्दै मानवअधिकारकर्मी कृष्ण पहाडी ताप्लेजुङ पुगेका छन्। मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०७२ चैत्र १२ गते ताप्लेजुङ सदरमुकाम स्थित फुङलिङ बजारमा स्वाभिमान अभियान अन्तर्गत शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमानः एकता, सद्भाव र आत्मसम्मान भन्ने मुल नारा सहित जागरण सभा सम्पन्न भएको छ। 
 
कार्यक्रमका प्रमुख बक्ता मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले शान्ति, अहिसा, मानब अधिकार र लोकतन्त्रको अन्तरसम्बन्धबारे चर्चा गर्दै सदैब राष्ट्रिय स्वाभिमान केन्द्रबिन्दुमा रहनुपर्ने बताए। 
 
समाजका महासचिब उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न भएको जागरण सभामा नेपाली काँग्रेस जिल्ला सचिब छबि गुरुङ, नेकपा एमाले जिल्ला सदस्य नारायण चौलागाइ, एनेकपा माओबादी  जिल्ला कोषाध्यक्ष दिलकुमार लिम्बु, राप्रपा नेपाल केन्द्रिय सदस्य अमिर मादेन, संघीय समाजबादी फोरम जिल्ला उपाध्यक्ष भक्त यङदेन र संघीय लिम्बुबान पार्टी नेपालका जिल्ला इन्चार्ज कुमार साम्यु लिम्बुले अभियानको सफलताको शुभकामना सहित मन्तब्य ब्यक्त गरेका थिए। 
 
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय कोषाध्यक्ष रेणुका पौडेल, अधिकारकर्मी देबराज गुरुङ समेतले मन्तब्य राखेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ