arrow

रक्सीको बोतलमा महात्मा गान्धी 

logo
प्रकाशित २०७६ असार १६ सोमबार
mahatma-gandhi.jpeg

काठमाडौं । सादा जीवन उच्च विचारको आदर्श बोकेर हिँडेका महात्मा गान्धीको नाम कतै नराम्रो गतिविधिमा जोडियो भने के होला ? 

भएको छ त्यस्तै । इजरायलको कम्पनी माका ब्रेवरीले रक्सीको बोतलमा भारतका राष्ट्रपिता महात्मा गान्धीको फोटो लगाएको छ । 

यो घटनापछि यसको विरुद्धमा केरलको महात्मा गान्धी नेशनल फाउन्डेशनका अध्यक्ष एबी जे जोसले प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुनासो गरेका छन् । 

जोसले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई पनि पत्र लेखेका छन् । उनले रक्सी कम्पनी र उसका मालिकलाई कार्वाहीका लागि माग गरेका छन् । 

जोसले गान्धीको मजाक उडाइएको आरोप लगाएका छन् । यो फोटो अमित शिमोनीले डिजाइन गरेका थिए । 

जोसका अनुसार महात्मा गान्धीले मदिराको उपभोग र प्रचारको विरुद्धमा कडा कदम उठाएका थिए । उनी आजीवन मदिराको विरोधमा थिए । 

महात्मा गान्धीले एक पटक भनेका थिए कि सत्तामा गएपछि उनले एकैपटक सबै मदिरा निर्माण कम्पनी र त्यसको विक्री बन्द गरिदिनेछन् । 

तर गान्धी मरेको बर्षौंपछि अहिले आएर उनको नाम मदिरामा जोडिनु कतिसम्मको अन्याय भए होला । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ