arrow

घाइते बाघहरु श्रीलंका र वेष्ट इन्डिजबीच भिडन्त 

logo
प्रकाशित २०७६ असार १६ सोमबार
gayle.jpg

काठमाडौं । इंगल्याण्डमा भइरहेको एक दिवसीय विश्वकप क्रिकेटमा सोमबार दुई घाइते बाघहरु श्रीलंका र वेष्ट इन्डिज भिड्दै छन् । 

वेष्ट इन्डिजले विश्वकपका सुरुका दुई संस्करण (सन् १९७५ र सन् १९७९) को उपाधि जितेपछि उपाधि जित्न सकेको छैन । श्रीलंकाले सन् १९९६ पछि उपाधि जित्न सकेको छैन । 

नयाँ शताब्दीमा आएपछि त यी टोलीहरुको उतारचढाव बढी नै छ । जारी विश्वकपमा श्रीलंका सातौं तथा वेष्ट नवौं स्थानमा छ । 

श्रीलंकाको ७ खेलबाट ६ अंक छ । आइतबार राति इंगल्याण्डले हराएपछि श्रीलंका पनि सेमिफाइनलको सम्भावनाको होडबाट बाहिरिएको थियो । 

वेष्ट इन्डिज ७ खेलबाट ३ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको हो । निकै खराव खेलेको वेष्ट इन्डिजले १ खेलमात्र जितेको छ । 

सोमबार दिउँसो ३ः१५ बजे चेस्टर–ले–स्ट्रिटमा हुँदै गरेको खेल केवल आफ्नो पुरुस्वार्थ जोगाउनमात्र काम लाग्नेछ । 

हेड ट हुेड
दुवैले आपसमा ५६ एक दिवसीय खेलेका छन् । जसमा वेष्ट इन्डिजले २८ तथा श्रीलंकाले २५ खेल जितेको छ । तीन खेलमा नतिजा आएको थिएन । 

विश्वकपमा भने दुवैले आपसमा ८ खेल खेलेका छन् । जसमा वेष्ट इन्डिज ४ तथा श्रीलंका ३ खेलमा विजयी भएको थियो । एक खेलमा नतिजा आएको थिएन । 

श्रीलंकाले सन् २००७ को विश्वकपमा हराएको थियो भने वेष्ट इन्डिजले पछिल्लो जित सन् १९९२ मा निकालेको थियो । 

इंगल्याण्डमा भने यो टिम ४० वर्षपछि आमने सामने हुँदैछ । तेस्रो पटक यी टिम आमने सामने हुन लागेका हुन् । 

दुई खेल वेष्ट इन्डिजले जितेको थियो भने सन् १९७९ मा वर्षा भएका कारण खेल रद्द भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ