arrow

एमाओवादीसँग मिल्न वादललाई हतारो; वैद्यको प्रतिवेदनमा फरक मत

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
Baidhya-ra--badal.jpg.jpeg
काठमाडौँ। नेकपा(क्रान्तकारी माओवादी)को आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन वैद्यले राख्नुभएको प्रतिवेदनमाथि फरक मत राख्दै महासचिव रामबहादुर थापाले अर्को प्रतिवेदन पेस गरेका छन्।  
 
बैठकमा अध्यक्ष वैद्यले एकीकृत नेकपा(माओवादी)सँग विचार र सिद्धान्तमा सहमति भएमात्रै एकता सम्भव भएको निष्कर्षसहितको प्रतिवेदन पेस गरेका छन्। 
 
प्रतिवेदनमा वैद्यले जनवादी क्रान्तिको कार्यदिशालाई जोड दिएका छन् भने थापाले राष्ट्रिय जनवादको नयाँ कार्यक्रम प्रतिवेदनमा ल्याएका छन्। 
 
महासचिव थापाले क्रान्तिकारी माओवादीबीचको एकता नै अहिलको आवश्यकता रहेको ठहर गर्दै नमिलेका विषयमा थप छलफल गर्दै अहिले एकतालाई जोड दिनुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन्। 
 
माओवादीका नेता देव गुरुङले बैठकमा अध्यक्ष वैद्य र महासचिव थापाले वर्तमान परिस्थिति र एमाओवादी पार्टीसँगको एकताको विषयमा प्रस्तुत गर्नुभएको प्रस्तावबारे दुवै नेताले व्याख्या गरेको बताए।
 
क्रान्तकारी माओवादीका एक नेताका अनुसार वादललाई एमाओवादीसँग मिल्ने हतारो छ भने वैद्यलाई एमाओवादीसँग अझै भर छैन। प्रतिवेदनमा एक अर्काप्रति अविश्वास पनि झल्किन्छ ति नेताले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ