arrow

विमान दुर्घटनामा दश यात्रुको मृत्यु

logo
प्रकाशित २०७६ असार १६ सोमबार
plan-crash.jpg

ह्युस्टन । अमेरिकाको टेक्सास राज्यको डल्लासनजिकै आइतबार बिहान सबेरै एक सानो विमान दुर्घटना हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ ।

डल्लासको मुख्य शहरबाट २५ किलोमिटर उत्तरमा रहेको विमानस्थलमा सो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार आइतबार बिहान ९:१० मा भएको यस दुर्घटनामा विमानमा सवार रहेका सबै व्यक्तिको मृत्यु भएको बताइएको छ ।

अधिकारीहरुले मारिएका व्यक्तिहरुको परिचयलगायत विस्तृत विवरण भने दिएको छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ