arrow

बढ्दो आवादीको कारण ३० हजार हात्ती बेच्दै जिम्बावे

logo
प्रकाशित २०७६ असार १६ सोमबार
zimbabwe1.jpg

काठमाडौं । अफ्रिकी मुलुक जिम्बावेले वन्यजन्तुको आवादी घटाउन जंगजली हात्ती बेच्ने निर्णय गरेको छ । यस विषयमा अफ्रिकी संघ र संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको शिखर सम्मेलनको क्रममा यस विषयमा चार्चा भएको हो । पर्यटनमन्त्री प्रिस्का मुप्फुमिराले उक्त योजनाबारे जानकारी दिएका हुन् ।

जिम्बावेले एंगोला र अन्य इच्छुक मुलुकलाई मुलुकलाई बिक्रीको यस्तो योजना ल्याएको हो । मुप्फुमिराले जिम्बाबेसँग हात्ती बिक्रीको लागि कुनै पूर्वनिर्धारित बजार नरहेकोले कुनै पनि इच्छुक मुलुकलाई हात्ती बिक्रीको तयारी गरिएको बताएका हुन् ।

अहिले जिम्बाबेमा जंगली हात्तीको संख्या ८४ हजार छ । एंगोला २७ वर्षदेखिको गृहयुद्धबाट सन् २००२ मा बाहिर निस्किएको उसले वन्यजन्तु बचाउने योजना अघि सारेको कारण उसलाई जंगली हात्तीको आवश्यकता हुनसक्ने मुप्फुमिराले बताएका हुन् । एक प्रतिवेदनअनुसार जिम्बावेले यूएई र चीनलाई ९७ हात्ती बेचेको थियो । त्यसबापत उसले ३२ करोड रुपैयाँभन्दा बढी पैसा पाएको थियो ।

जिम्बावेको वन्यजन्तु एजेन्सीले बिक्रीबाट आएको पैसाको प्रयोग प्रकृतिको संरक्षणमा गरिनेछ । एक प्रतिवेदनअनुसार दक्षिण अफ्रिकाका जिम्बावे, नामिबिया, बोल्सवाना र जाम्बियामा विश्वका समग्र हात्तीको आधा आवादी छ । जिम्बाबेको हात्तीको दाँतको पनि ठूलो बजार छ ।

जिम्बाबेका राष्ट्रपति इमर्सन मनंगवाले हात्तीको दाँत व्यापारम लगाइएको प्रतिबन्ध हटाउन आाह्वान गरेका थिए । जिम्बावेले एक अन्तर्राष्ट्रिय सम्झौतामा आधारित रहेर हात्तीको दाँतको बिक्रीमा प्रतिबन्ध लगाउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ