arrow

रोमाञ्चक खेलमा श्रीलंकाद्वारा वेष्ट इण्डिज पराजित

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
srilanka4.jpg

काठमाडौं । इंगल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा श्रीलंकाले वेष्ट इण्डिजलाई २३ रनले पराजित गरेको हो । 

चेस्टरमा भएको खेलमा श्रीलंकाले दिएको ३३९ रनको फराकिलो लक्ष्य लिएर उत्रेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१५ रन मात्र बनाउन सक्यो ।

निकोलस पुरनले ११८, फाबियन अलेनले ५१ र क्रिस गेलले ३५ रन बनाएर आउट भए । श्रीलंकाका लासिथ मालिंगाले ३ विकेट लिए ।

यसअघि श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनाएको थियो । अभिष्का फर्नान्डोले १०४, कुशल परेराले ६४ र लाहिरु थिरिमानेले नटआउट ४५ रन बनाएका थिए । 


वेष्ट इण्डिजका जासन होल्डरले २ विकेट लिए ।

जितसंगै श्रीलंकाले ८ खेलबाट ८ अंक जोडेको छ । श्रीलंका तालिकाको छैटौं स्थानमा छ । पराजित वेष्ट इण्डिजले ८ खेलबाट मात्र ३ अंक जोडेको छ ।

दुवै टोली प्रतियोगिताबाट  बाहिरिसकेका अवस्थामा यो केवल प्रतिष्ठाको लडाइँ थियो । जहाँ एक पटकको च्याम्पियन श्रीलंकाले दुई पटकको च्याम्पियन वेष्ट इण्डिजलाई हरायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ