arrow

साडियो मानेको उत्कृष्ट प्रदर्शनले सेनेगल प्रिक्वार्टरफाइनलमा पुग्यो 

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
mane1.jpg

काठमाडौं । साडियो मानेले उत्कृष्ट प्रदर्शन गरेसंगै सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । सेनेगलले सोमबार राति भएको खेलमा केन्यालाई ३–० गोल अन्तरले हराएको हो । 

Sadio Mane celebrates after scoring the second of his two goals against Kenya on Monday

इंगलिश क्लब लिभरपुलका फरवार्ड मानेले दुई गोल गरे । मानेले पहिलो हाफको पेनाल्टी मिस गरे पनि त्यसपछि भने आक्रामक खेलेका थिए । 

मानेले ७६ औं मिनेटमा केन्याका फिलेमोन ओटीनोले खतरनाक टयाकलमा रातो कार्ड खाएपछि पाएको पेनाल्टी अवसरमा गोल गरेका थिए । 

The Liverpool forward saw his first half spot-kick saved in Cairo on Monday

त्यसअघि ७१ औं मिनेटमा मानेले टोलीको अग्रतालाई दोब्बर बनाएका थिए । सेनेगलले त्यसअघि ६३ औं मिनेटमा इस्माइला सर्रको गोलबाट प्रारम्भिक अग्रता लिएको थियो । 

यो जितले सेनेगलले अब जुलाई ५ मा युगान्डासंग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

समुह सी मा अल्जेरिया सत्प्रतिशत जित सहित समुह विजेता बन्दा सेनेगल ६ अंक सहित उपविजेता बन्यो । तान्जेनिया अंक विहिन हुदै प्रतियोगिताबाट बाहिरियो ।

उत्कृष्ट तेस्रो हुँदै प्रिक्वार्टरफाइनल पुग्ने केन्याको सम्भावना जिवितै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ