arrow

हङकङमा संसद् भवनभित्रै छिरेर तोडफोड, किन सुन्न चाहँदैनन् हङकङवासी ‘चीन’

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
hongkong2.jpg

काठमाडौं । हङकङमा लामो समयदेखि जारी प्रदर्शनले झनै उग्र रुप लिएको छ । सुपुर्दगी सम्बन्धी प्रस्तावित विधेयकको विरोधमा उत्रेका प्रदर्शनकारीहरु हङकङको संसद् भवनभित्रै पुगेका छन् । 

उनीहरुले त्यहाँ ब्यापक तोडफोड गरेका छन् । दर्जनौं प्रदर्शनकारी जबरजस्ती संसद् भवनभित्र छिरेर भवनको झ्यालका सिसाहरु फुटाइदिएका छन् ।

Protesters break the windows of LegCo

उक्त क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ ।  प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्याससमेत प्रहार गरेको थियो ।

संसद् भवनभित्र छिरेकाहरुलाई संसद् भवनबाहिर प्रदर्शन गरिरहेकाहरुले साथ दिएका थिए ।

बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको २२ औँ वार्षिकोत्सव मनाइँदै गर्दा उनीहरु संसद्भित्र छिरेको बताइएको छ ।

Protesters fix a British colonial flag to the parliament podium after they broke into the government headquarters in Hong Kong on July 1, 2019,

औपचारिक कार्यक्रम चलिरहँदा एक्कासी उनीहरु छिरेको बताइएको छ । बीबीसीले लञ्च समयको मौका पारेर प्रदर्शनकारीहरु संसद् भवनभित्र छिरेको बताएका छन् । 

अपराध अनुसन्धानमा हङकङका नागरिकलाई चीनलाई सुपुर्दगी गर्ने विधेयक सरकारले ल्याउन खोजेको थियो ।

उक्त विधेयक सरकारले विधेयक अनिश्चितकालका लागि स्थगित गरेको घोषणा गरे पनि प्रदर्शनकारीहरुले त्यसको खारेजी र प्रमुख कार्यकारी क्यारी लामले राजीनामा दिनुपर्ने माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ