कांग्रेसका दुई विधायकद्धारा राजीनामा, केही कांग्रेस र डेजीएस विधायक राजीनामाको तयारीमा
भाजपाको चाल भएको भन्दै कांग्रेस रुष्ट
प्रकाशित २०७६ असार १७ मंगलबार
474
Shares
काठमाडौं । भारतको कर्नाटकमा काँग्रेसका दुई विधायकहरुले राजीनामा दिएका छन् । गोकाकका विधायक रमेश जारकिहोली र विजयनगरका विधायक आनन्द सिंहले विधानसभा अध्यक्ष रमेश कुमारलाई राजीनामा पत्र थमाएका हुन् ।
काँग्रेस विधायकहरुको यो राजीनामाले सरकारलाई कुनै खतरा नहुने मूख्यमन्त्री एचडी कुमारस्वामीले बताएका छन् ।
यसलाई भाजपाको चालका रुपमा उनले लिएको बताए । उनले भने, ‘भाजपाले फेरि सत्तामा आउने सपना देखिरहेको छ ।’
उता राजीनामापछि आनन्द सिंहले आफू न्दिल स्टील फर्मको जमीन बेच्ने सरकारको फैसलाप्रति असहमत रहेकाले राजीनामा दिएको बताए ।
केही दिनपछि काँग्रेस र जेडीएसका थप केही विधायकहरुले पनि राजीनामा दिन सक्ने बताइएको छ ।
दुई विधायकले राजीनामा दिएपछि काँग्रेस नेता सिद्धारमैयाले बैंगलुरुमा काँग्रेस विधायक दलको बैठक बोलाएका छन् ।