arrow

बैंकर संघको निर्णय : 'पाटनर खोज्न तत्काल सम्भव छैन, छलफल गरौंला' 

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
nepal-bankers-assocation-nba.jpg

काठमाडौं । नेपाल बैंकर संघको बैठक सम्पन्न भएको छ । मंगलबार राजधानीमा भएको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठकले राष्ट्र बैंकले तोकेको मितिमा बैंकको पाटनर खोज्न सम्भव नरहेको बताएका छन् । एक बैंकरले दिएको जानकारी अनुसार बैठकमा राष्ट्र बैंकको सो निर्देशनबारे भएको छलफलको क्रममा यस्तो निष्कर्ष निस्किएको हो । 

मौद्रिक नीति अघि राष्ट्र बैंकले तोकेको मितिमा मर्जरको लागि पाटनर खोज्न सम्भव छ कि छैन ? भन्ने सवालमा भएको छलफलमा बैंकहरुबीच यस विषयमा छलफल गर्ने र त्यसको जानकारी राष्ट्र बैंकलाई दिन सकिने निर्णय गरेको छ । ''यो मर्ज सम्बन्धी विषय तत्काल सुल्झिने विषय होईन । १५ दिनमा पाटनर खोज्न पनि सम्भव देखिँदैन ।'' ती बैंकरले भने ''हामीले राष्ट्र बैंकको मान राख्नको लागि बैंकहरुबीच आपसी छलफल गरेर त्यसको जानकारी राष्ट्र बैंकलाई दिने निर्णय गरेका छौं । मर्जको कुरा हुँदैन छलफल चाहिँ हुने भयो ।''

राष्ट्र बैंकले ठूला बैंकहरुलाई फोर्स गर्ने नीति मौद्रिक नीतिमा उल्लेख नै गर्ने सम्भावना देखिरहेको बेलामा बैंकर संघले गरेको यो निर्णयले राष्ट्र बैंकको नीति नै असफल हुने त होईन ? भन्ने आशंका उब्जिएको छ । बैंकरहरुले विभिन्न शीर्षकमा सहुलियत दिने हो भने मात्रै मर्जरलाई मूर्तता दिन सकिने तर्क राख्दै आएका छन् । यस विषयमा राष्ट्र बैंकले कुनै छलफल नै चलाएको छैन । सहुलियत दिँदा पनि कर्मचारीको व्यवस्थापन, सेयर बाँडफाँटको विषय र सञ्चालक समितिलाई व्यवस्थापन गर्न त्यति नै चुनौतीपूर्ण मानिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ