काठमाडौं । नेपाली काँग्रेसका तत्कालिन सभापति सुशील कोईरालाको निधन भएको आज डेढ महिना भईसक्यो, तर राज्यका तिन अंग मध्ये एक मानिने व्यवस्थापिका संसदको वेभसाईटमा अझै पनि उहाँलाई वहालवाला सांसदकै रुपमा गणना गरिएको छ । कोईरालाको निधन गएको फागुन २६ गते भएको हो ।
नेपालको संसद संवन्धी सुचनाहरुको आधिकारीक श्रोत मानिने संसदको
वेभसाईटमा सुशील कोईरालालाई काँग्रेसको सांसदको सुचिमा राखिएको छ । उहाँ सहित काँग्रेसको सांसद संख्या अहिले १ सय ९८ रहेको वेभसाईटमा उल्लेख छ ।
देशविदेशका लागि आधिकारीक सुचना तथा जानकारी लिने ठाउमा नै यस्तो महत्वपुर्ण सुचनाहरु नै अपडेट नभएपछि त्यसको विश्वसनीयता र आधिकारीकतामा ह्रास आएको छ । कोईराला जस्तो मुलुकको पुर्वप्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता र सर्वाधिक चर्चामा रहेका विषयमा त संसदले विवरणहरुलाई अध्यावधी गर्दैन भने अन्य सामान्य विवरणहरुलाई ढुक्कसंग विश्वास गर्न सकिने अवस्था नरहेको धेरैको भनाई छ ।
संसदमा कोईरालाको निधनमा शोक प्रस्ताव पारित गर्दै संसदको कार्वाही सो समयमा रोकिएको विषय हुदाँ समेत संसदको सचिवालयले आफ्नो वेभसाइटमा अद्यावधिक नगर्दा त्यहाँ कसरी काम हुँदो रहेर भनेर सहजै अनुमान लगाउन सकिन्छ।