arrow

विश्वकपको सेमिफाइनलमा पुग्ने भारत दोस्रो टिम, बाहिरिने बंगलादेश पाँचौं टिम 

logo
प्रकाशित २०७६ असार १८ बुधबार
india12.jpg

काठमाडौं । भारत इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टिम बनेको छ । यसअघि अष्ट्रेलियामात्र सेमिफाइनलमा पुगेको थियो । 

मंगलबार राति बर्मिघममा भएको खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो । भारतसँगको हारसंगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेश बाहिरिने पाँचौं टिम बनेको छ । 

यसअघि अफगानिस्तान, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका थिए । 

बर्मिङघममा भारतले दिएको ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेशल ४८ ओभरमा अलआउट हुँदै २८६ रनमा अलआउट भयो ।

अलराउण्डर शाकिब अल हसनले ६६ रन बनाए । शाकिबले एकै विश्वकपमा ५ सय बढी रन र १० बढी विकेट लिने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।

मोहमद साइफुदिनले नटआउट ५१, सब्बीर रहमानले ३६ तथा सौम्य सरकारले ३३ रन बनाए ।

भारतका जस्प्रित बुम्राहले ४ तथा हार्दिक पाण्डेयाले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको नोक्सानीमा ३१४ रन बनाएको थियो ।

रोहित शर्माले ९२ बल खेल्दै ५ छक्का र ७ चौकाको मद्दतले १०४ रन बनाए । उनले एकै विश्वकपमा चार सतक बनाएका छन् । 

लोकेश राहुलले ७७, ऋषभ पन्तले ४८ र महेन्द्र सिंह धोनीले ३५ रनको योगदान दिए । 

मुस्ताफिजुर रहमानले ५ विकेट हात पारे । यस्तै शाकिब, रुबेल हुसेन र सौम्य सरकारले समान १–१ विकेट हात पारे ।

जितसंगै भारतले ८ खेलबाट १३ अंकसहित सेमिफाइनलमा पुग्दा बंगलादेश ८ खेलबाट ७ अंकसहित सेमिफाइनलको होडबाट बाहिरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ