arrow

चीनलाई नेपालले पाँच ओभरमै १० विकेटले हरायो  

सागर ढकाल एक्लैले ६ विकेट लिए

logo
प्रकाशित २०७६ असार १८ बुधबार
nepal-china.JPG

काठमाडौं । मलेसियामा जारी एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले शानदार सुरुआत गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा छिमेकी प्रतिद्धन्द्धी चीनलाई १० विकेटले हराएको हो ।

नेपालले ५४ रनको सामान्य लक्ष्य केवल ५ ओभर मात्र खेल पुरा गर्यो । पवन सरार्फले २१ बलमा नटआउट ४६ रन बनाए । सर्राफले ६ चौका र ३ छक्का हानेका थिए । त्यस्तै रित गौतम १० रनमा नटआउट रहे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीन ५३ रनमा अलआउट भएको थियो । दुई खेलाडीले मात्र डबल डिजिटको स्कोर बनाएका थिए । 

नेपालका लागि सागर ढकाल एक्लैले ६ विकेट लिए । यो नै उमेर समूहको सम्झनलायक विकेट हो ।

तिलक भण्डारीले ३ तथा कमल सिंह ऐरीले एक विकेट लिएका थिए । 

त्यस्तै मलेसियाले थाइल्याण्डलाई १६ रनले हराएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ