- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकाका ८ राज्यमा साल्मोनेला ब्याक्टेरिया फैलिएको छ । मेक्सिकोबाट ल्याइएको मेबाबाट उक्त ब्याक्टेरिया फैलिएको पुष्टि भएको छ ।
सेन्टर फर डिडिज कन्ट्रोलले अलर्ट जारी गर्दै आयातित मेबाबाट ८ राज्यमा ६२ जना मानिस संक्रमित भएको जनाएको छ ।
संक्रमितमध्ये ४० प्रतिशतलाई अस्पतालमा भर्ना गरिएको छ । अमेरिकामा ९७ प्रतिशत मेबा मेक्सिकोबाट नै आयात हुने गरेको छ ।
दूषित खाना र पानीबाट फैलिने यो ब्याक्टेरियाका संक्रमितलाई ७२ घण्टाभित्र पखाला, ज्वरो र पेटमा अप्ठेरो महसुस हुने गर्दछ ।
विश्वभर २३ सय किसिमका राल्मोनेला ब्याक्टेरिया पाइने जनाइएको छ ।