arrow

भारतबाट दुई अंक पाएको इंगल्याण्डको भाग्य न्यूजिल्याण्डको हातमा

हार्ने टिमको भाग्य पाकिस्तान र बंगलादेशबीचको खेलबाट 

logo
प्रकाशित २०७६ असार १८ बुधबार
eng-nz.JPG

काठमाडौं ।  इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटको ४१ औं खेलमा इंगल्याण्ड र न्यूजिल्याण्ड खेल्दैछन् । चेस्टर लि स्ट्रिटको मैदानमा दिउँसो ३ः१५ बजे हुने खेल दुवै टिमका लागि सेमिफाइनल प्रवेश गर्ने माध्यम हो । 

जितले जुनसुकै टिमको सेमिफाइनल यात्रा पक्का हुनेछ भने हारले अरु खेलको नतिजा कुर्नुपर्नेछ । 

प्रतियोगिताको अन्तिम चरणको पहिलो खेल खेल्दै गर्दा ११ अंकको न्यूजिल्याण्ड तेस्रो स्थानमा छ भने १० अंकको इंगल्याण्ड चौथो स्थानमा छ । 

१० टोलीमध्ये अहिलेसम्म १४ अंकबाट अष्ट्रेलिया तथा १३ अंकबाट भारत सेमिफाइनलमा पुगेका छन् । 

हेड टु हेड
इंगल्याण्ड विरुद्ध न्यूजिल्याण्डको सफलता प्रतिशत ६३ छ । एक दिवसीयमा अहिलेसम्म ८९ खेल आपसमा भएकामा ४३ न्यूजिल्याण्डले र ४० इंगल्याण्डले जितेको छ । ४ खेलमा नतिजा नआउँदा २ खेल टाइ भएको थियो । 

इंगल्याण्ड सन् १९९६ पछि अहिलेसम्म सेमिफाइनलमा पुगेको छैन । इंगल्याण्डले पाँच पटक सेमिफाइनल खेलेको छ भने न्यूजिल्याण्डले सात पटक सेमिफाइनल खेलेको छ । 

न्यूजिल्याण्ड डिफेन्डिङ रनर अप हो । ३६ वर्षदेखि विश्वकपमा न्यूजिल्याण्ड इंगल्याण्डसंग हारेको छैन । 

अलिकति भाग्यको पनि खेल
यो खेलमा जित्ने टिम सेमिफाइनलमा पुग्ने छ । हार्ने टिमको भाग्य पाकिस्तान र बंगलादेशको खेलबाट लाग्नेछ । 

पाकिस्तानको ९ तथा बंगलादेशको ७ अंक छ । बंगलादेशलाई हराउनासाथ पाकिस्तानको सम्भावना उत्तिकै हुन्छ । इंगल्याण्ड पराजित भए पाकिस्तानको झिनो जितले पनि सेमिफाइनल पक्का हुनेछ । 

इंगल्याण्ड विजयी भएमा पाकिस्तानको फराकिलो जितले न्यूजिल्याण्ड आउट हुनेछ । 

तर पाकिस्तान पराजित भएमा यो खेलको नतिजा जेसुकै आए पनि फरक पर्नेछैन । 
इंगल्याण्डले भारतबाट दुई अंक खोसेपछि साहस बढेको हो । भारतको उक्त खेललाई फिक्सिङको ट्याग भिराइएको छ । भारतले जानीजानी हारेको भन्ने बुझाइ छ ।

पाकिस्तान र बंगलादेशबीचको खेल शुक्रबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ