arrow

कमल थापाले जिते

logo
प्रकाशित २०७६ असार १८ बुधबार
kamal-thapa.JPG

भुटान । भुटानको थिम्पुमा मंगलबारदेखि ५औं भारत-भुटान मैत्रि टेनिस प्रतियोगिता शुरु भएको छ। प्रतियोगितामा नेपाल,भारत, बंगलादेश र भुटानका ७२ खेलाडीहरुको सहभागिता छ।

मेन्स सिंगल्स, लेडिज सिंगल्स,४५ प्लस समुहको भेट्रान्स सिंगल्सका खेलहरु समावेश छन्। नेपालको तर्फबाट मेन्स सिंगल्समा एवन लिसानेविच र कमल थापा,  लेडिज सिंगल्समा असलेषा लिसानेविच तथा ४५ पल्स सिंगल्समा कमल थापा,चाम्बा धोण्डुप र प्रताप मोक्तानले भाग लिएका छन्।

मंगलबार मेन्स सिंगल्सको पहिलो राउण्डमा नेपालका कमल थापाले भुटानका टासी दोर्जे लाई (७-५,७-६) र एवन लिसानेविचले भुटान कै  जिग्मे नोर्बु लाई (६-०,६-२) मा पराजित गरे।

लेडिज सिंगल्सको पहिलो राउण्डमा नेपालकी असलेषाले भुटानकी चेन्चो डेमलाई (६-०,६-०) मा पराजित गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ