arrow

दार्चुलाको नौगाडमा पहिलो पटक एटिएम शौचालय

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ असार १८ बुधबार
atm-toilet.jpg

दार्चुला । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ६ मा रहेको जनहित माध्यमिक विद्यालयमा पहिलो पटक एटिएम शौचालय राखिएको छ  । शौचालयको गाउँपालिका अध्यक्ष प्रेम सिंह धामीले उद्घाटन गरेका छन् । गाउँपालिकाका प्रत्येक माविहरुमा एटिएम शौचालयको अवधारणा अनुसार मंगलबार जनहित माविमा निर्माण गरिएको एटिएम शौचालयको उद्घाटन गरेका हुन् ।

 गाउँपालिका अध्यक्षले रिबनसंगै एटिएम जस्तै कार्ड जडान गरिएको मेसिनमा राखेपछि सेनेटरी प्याड आफै बाहिर निस्क्यो  ,उद्घाटनसत्रमा जमा भएका विद्यालयका सबै विद्यार्थीहरु लगायत सहभागीहरुले ताली बजाएर उद्घाटनको सोभा बढाए र खुसी व्यक्त गरे  ।

माविको एक शौचालय भित्र सेनेटरी प्याड आउने मेसिन जडान गरिएको छ । शौचालयमा जडान गरिएको मेसिनबाट विद्यालयमा अध्ययन गर्ने छात्राहरुले महिनावारी भएका बेला प्रयोग गर्ने प्याड निस्किन्छ । नौगाड गाउँपालिका लेखेको एटिएम कार्ड मेसिनमा राखेपछि सेनेटरी प्याड निस्किन्छ, व्यवस्थित महिनाबारी तथा छाउपडी प्रथालाई न्युनिकरण गर्न एटिएम शौचालयको अवधारणा ल्याएको अध्यक्ष धामीले बताए । ‘छात्राहरूलाई चाहिने सेनेटरी प्याडसहितको एटिएम शौचालय सुरु गर्ने यो पहिलो विद्यालय भएको छ’ उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष धामीले भने।

‘अन्धविश्वासका कारण महिनावारी भएको समयमा विद्यालय नआउने छात्राहरूका लागि यो अभियान सुरु गरिएको उनको भनाई छ । गाउँपालिका र ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाको संयुक्त लगानीमा अभियान सुरु गरिएको अध्यक्ष धामीको भनाई छ ।

पाईलट प्रोजेक्टको रुपमा हाल एक विद्यालयमा मात्रै अभियान सुरु भएको भए पनि क्रमिक रुपमा सबै माविहरुमा अभियान सुरु गरिने उनले बताए । एटिएम मेसिन र ३ सय पिस प्याड खरिद गरेर विद्यालयलाई बुझाएका छौ उनले भने।

 महिनावारी हुने सबै छात्राहरूलाई शौचालय एटिएम कार्डसमेत वितरण गरिएको छ । सेनेटरी प्याड निकाल्न एटिएममा लाग्ने शुल्क निशूल्क भएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ