arrow

५ संस्थालाई ३ अर्ब ६० करोड डलर दान गर्दै बफेट

logo
प्रकाशित २०७६ असार १८ बुधबार
waren-buffet.JPG

काठमाडौं । अमेरिकी अर्बपति वारेन बफेटले पाँच संस्थालाई ३ अर्ब ६० करोड डलरको १ करोड ६८ लाख शेयर दानमा दिने भएका छन् । उक्त शेयर बिल एण्ड मिलिन्डा गेट्स फउन्डेशन, सुसान थाम्पसन बफे फउन्डेशन, शेरवुड फाउन्डेशन, हावर्ड जी बफे फाउन्डेशन र नोवो फाउन्डेशनलाई दिइने छ ।

बफेटको कम्पनी बर्कशायरले सोमवार यो जानकारी दिएको हो । बफेटले सन् २००६ मा परोपकारको कामका लागि प्रत्येक वर्ष शेयर दान गर्ने घोषणा गरेका थिए । उक्त वर्ष उनले १ अर्ब ५० करोड डलरको शेयर दान गरेका थिए । बर्कशायर हाथवेका अनुसार बफेटले आफ्नो शेयर कहिल्यै बिक्री गरेका छैनन् ।

वर्कशायरमा सन् २००६ मा बफेटको जति शेयर थियो, त्यसको ४५ प्रतिशत ५ संस्थालाई दान दिइसकेका छन् । अहिलेसम्म दान गरिएको शेयरको कुल मूल्य ३४ अर्ब डलर पुगेको छ ।

गत साता वालमार्टका उत्तराधिकारी जिम वाल्टनले १ अर्ब २० करोड डलरको शेयर दान गरेका थिए । होम डिपोट कम्पनीका संस्थापक बर्नी मारकसले पनि गत साता ४ अर्ब ५० करोड डलरके समग्र सम्पत्ति दान गर्ने घोषणा गरेका थिए ।

अमेरिकामा आयमा समानता र आर्थिक असन्तुलनको समस्याबाट कसरी पार पाउन सकिन्छ भन्ने विषयमा बहस शुरु भएको छ । लागानीकर्ता जर्ज सोरोस र फेसबुकका सहसंस्थापक क्रिस हग्सले स्वास्थ्य सेवाको लागि जलवायु परिवर्तनबाट पार पाउन गत साता सम्पत्ति कर लगाउने मुद्दा उठाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ