arrow

इंगल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा, हारले पनि न्यूजिल्याण्ड नै सेमिफाइनलमा

यसरी पाकिस्तानले सेमिफाइनलमा ठाउँ बनाउन सक्छ  

logo
प्रकाशित २०७६ असार १८ बुधबार
england12.jpg

काठमाडौं । इंगल्याण्ड सन् १९९२ पछि पहिलो पटक एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । २७ वर्ष र ६ विश्वकपपछि बल्ल इंगल्याण्डले यो स्थान हासिल गरेको हो । 

न्यूजिल्याण्डलाई ११९ रनले पराजित गर्दै इंगल्याण्डले सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । 

आयोजक लिग चरणबाटै बाहिरिने लगभग पक्काजस्तै भएको अवस्थामा अन्तिम दुई खेलमा भारत र न्यूजिल्याण्डलाई पराजित गर्दै इंगल्याण्डले सफलता हासिल गरेको हो । 

इंगल्याण्डले दिएको ३०६ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्याण्डले जारी विश्वकपको सबैभन्दा खराव प्रदर्शन गर्दै ४५ ओभरमा अलआउट भयो । 

केवल १८६ रन बनाउन सक्यो । टम लाथमले ५७ रन बनाए बाहेक कुनै पनि ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् । 

मार्क उडले ३४ रन खर्चेर ३ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको इंगल्याण्डले ८ विकेटको नोक्सानीमा ३०५ रन बनाएको थियो । 

सुरुआत उत्कृष्ट गर्दै ४०० रनको वरिपरि पुग्ने अनुमान विपरीत इंगल्याण्ड कम योगफलमा समेटिएको थियो । 

पहिलो विकेटका लागि १२३ रनको साझेदारी गर्यो । जोनी बेयरस्ट्रोले ९९ बलमा १०६ रन बनाए । 

जासन रोयले ६१ बलमा ६० रन बनाए । कप्तान ओइन मोर्गानले ४० बलमा ४२ रन बनाए । जो रुटले २४ रन बनाए । 

यो जितले इंगल्याण्ड तेस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । शीर्ष स्थानको अष्ट्रेलियाको १४ अंक छ भने भारतको १३ अंक छ । दुवै टिमले लिगको अन्तिम खेल खेल्न बाँकी नै छ । 

निकै खराव खेले पनि न्यूजिल्याण्ड ११ अंकसहित चौथो स्थानमा छ । रनरेट राम्रो भएका कारणले शुक्रबार पाकिस्तानले बंगलादेशलाई हराएका खण्डमा पनि रन रेटकै कारण न्यूजिल्याण्ड सेमिफाइनल पुग्ने पक्का जस्तै छ । 

न्यूजिल्याण्डको रन रेट ०.१७५ रहेको छ भने पाकिस्तानको –०.७९२ रहेको छ । पाकिस्तान जितले पनि रनरेटकै कारण पछि पर्ने पक्का जस्तै छ । 

बंगलादेशले हारेका खेलहरु पनि फराकिलो अन्तरको नहुने भएकाले पनि पाकिस्तानले त्यो ‘म्याजिक’ गर्ने सम्भावना कम छ । 

 कसरी पाकिस्तानले सेमिफाइनलमा ठाउँ बनाउन सक्छ ? 
पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्नुपर्यो । ३५० भन्दा बढी रन बनाउनु पर्यो । त्यसै अनुसार बंगलादेशलाई २० रनभित्रै अलआउट गर्नुपर्यो । जुन असम्भव नै छ । 

बंगलादेशले पहिले ब्याटिङ गर्यो भने कुनै म्याथमेटिक नै नगरे पनि फरक पर्दैन । पाकिस्तानले कुनै पनि हालतमा न्युजिल्याण्डलाई रनरेटमा पछाडि पार्न सक्दैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ