arrow

विश्वकपमा नजरअन्दाज गरिएपछि झोंकमा अम्बाती रायडूले लिए सन्यास

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
ambati-rayudu.jpg

काठमाडौं । भारतीय मध्यक्रमका ब्याट्सम्यान अम्बाती रायडूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३३ वर्षीय रायडूले भारतीय क्रिकेट बोर्ड बीसीसीआईलाई पत्र लेखेर सबै खाले क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । 

उनलाई विश्वकप क्रिकेटको १५ सदस्यीय टिममा नचुनेपछि चित्त दुखेको थियो । रायडूले सन्यास लिए पनि आईपीएल खेल्ने वा नखेल्ने केही बताएका छैनन् । 

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले रायडूको सन्यासपछि भविष्यका लागि शुभकामना दिँदै असल व्यक्ति भएको बताए । 

रायडूलाई विश्वकपमा रिजर्भमा राखेर युवा खेलाडी विजय शंकरलाई मौका दिइएको थियो । शंकरले खेलेका खेलमा राम्रो प्रस्तुति दिन सकेनन् भने पछि चोटका कारण विश्वकपबाटै बाहिरिनु पर्यो । 

चयनकर्ताहरुले शंकरमा थ्री डी प्लेयर ब्याट्सम्यान, बलर र फिल्डर बताएपछि रायडूले ट्वीटरमार्फत ‘मैले विश्वकप हेर्नका लागि थ्रीडी ग्लास किनेको छु’ भनेका थिए । 

शिखर धवन र विजय शंकर घाइते भएर विश्वकपबाट बाहिरिएपछि रायडूलाई नजरअन्दाज गर्दै ऋषभ पन्त र मयंक अग्रवाललाई अवसर दिइएको छ ।

रायडूले ५५ एक दिवसीय खेलमा ४७.०५ को औसतले १.६९४ रन बनाएका थिए । जसमा ३ सतक र १० अर्धसतक सामेल थिए । ६ टी–२० मा उनले १०.५० को औसतले ४२ रन बनाएका थिए । उनले टेष्ट खेल्न पाएका थिएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ