arrow

क्रिस गेल विश्वकपमा अन्तिम पटक उत्रदै

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
gayle1.jpg

काठमाडौं । वेष्ट इन्डिजका ओपनिङ ब्याट्सम्यान बिहीबार अन्तिम पटक एक दिवसीय विश्वकप क्रिकेटमा उत्रदै छन् । 

३९ वर्षीय गेलले एक दिवसीयबाट सन्यासको घोषणा गरिसकेका छन् । उनले यो नै अन्तिम खेल हुने बताएका छन् । 

बिहीबार वेष्ट इन्डिजले अफगानिस्तानसंग खेल्दैछ । वेष्ट इन्डिजले एक खेलमात्रै जितेको छ भने एक खेल रद्द भएको थियो । 

अफगानिस्तान पुछारमा छ । एक खेल पनि जितेको छैन । अंकविहीन अफगानिस्तानले जारी विश्वकपलाई सुखद अन्त्य गर्न चाहन्छ । 

लिड्समा दिउँसो ३ः१५ देखि हुने खेलमा गेलले अन्तिम प्रहार गर्नेछन् । उनले अर्को महिना भारतसंग खेलेरै विदाई लिने इच्छा रहेको बताएका छन् । 

गेलले एक दिवसीयमा २९७ खेलमा १०,३८६ रन बनाएका छन् । त्यसमा ३८.०४ को औसतमा उनले २५ सतक र ५३ अर्धसतक सामेल छन् । 

गेलका नाममा ३२६ छक्का प्रहारको कीर्तिमान छ । त्यसैगरी उनले १०३ टेष्टमा ४२.१८ को औसतमा ७२१४ रन बनाएका छन् । जसमा १५ सतक र ३७ अर्धसतक सामेल छ । 

५४ टी–२० मा उनले ३२.५४ को औसतमा २ सतक र १३ अर्धसतक सहित १६२७ रन बनाएका छन् ।

बलिङतर्फ उनले टेष्टमा ७३, एक दिवसीयमा १६६ र टी–२० मा १७ विकेट लिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ