arrow

राहुल भारतीय राष्ट्रिय काँग्रेसको सदस्य, ‘ट्वीटर प्रोफाइल’ फेरे

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
rahul_gandhi11.JPG

नयाँदिल्ली । भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षबाट राजिनामा दिएका राहुल गान्धीले आफ्नो ट्वीटर ‘प्रोफाइल’ परिवर्तन गरेका छन् ।

उनले आफ्नो ‘ट्वीटर प्रोफाइल’मा यसअघि ‘भारतीय राष्ट्रिय काँग्रेस अध्यक्ष’ लेख्नुभएकोमा अध्यक्ष पदबाट राजिनामा दिएपछि त्यसमा संशोधन गरी बुधबारदेखि भारतीय राष्ट्रिय काँग्रेसको सदस्य लेखेका छन् ।

उनको ट्वीटर ‘अकाउन्ट’ मा “यो राहुल गान्धीको आधिकारीक ‘अकाउण्ट’ हो, भनी लेखिएको छ । प्रोफाइलमा भारतीय राष्ट्रिय काँग्रेसको सदस्य तथा संसद सदस्य भनेर पनि लेखिएको छ ।

उनले केही दिनमात्र अघि पनि आफू पार्टी अध्यक्ष अब धेरै दिन नरहने बताएका थिए । उनले चाडै नै पार्टीले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा पनि जोड दिएका थिए ।    

हालै भएको लोकसभा निर्वाचनमा काँग्रेस अधिकांश ठाउँमा पराजय भएपछि उनले त्यतिबेलै राजिनामाको घोषणा गरेका थिए ।  

तर उनको राजिनामा अझै स्वीकृत भइसकेको भने छैन । कतिपय नेताहरुले उनलाई पार्टी अध्यक्षको जिम्मेबारी नछाड्न आग्रह पनि गर्दै आएका छन् ।

यता राहुलले भने आफूले राजिनामा दिए लगत्तै आफ्नो ट्वीटर अकाउन्टमा परिवर्तन गरिसकेका छन्  । यसकारण पनि उनि अब पुनः अध्यक्षका रुपमा फर्किने सम्भावना कम रहेको विश्लेषकहरुको भनाई छ । एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ