arrow

पाकिस्तान सेमिफाइनलमा नपुग्ने निश्चित, गणितीय सम्भावना भने बाँकी

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
pakistan-cricket1.jpg

काठमाडौं । घरेलु टोली इंगल्याण्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ । बुधवार भएको खेलमा १ सय १९ रनले न्युजिल्याण्डलाई हराउँदै इंगल्याण्ड सेमिफाइनलमा पुगेको हो । अष्ट्रेलिया र भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । चौथो स्थानमा रहेको न्युजिल्याण्ड पनि सेमिफाइनल पुग्ने निश्चित भइसकेको छ । तर, पाकिस्तानको पनि सम्भावना गणितीय रुपमा कायम छ ।

पाकिस्तान सेमिफाइनल पुग्ने सम्भावना
अंक तालिकाको चौथो स्थानमा न्युजिल्याण्ड छ र पाँचौं स्थानमा पाकिस्तान छ । पाकिस्तानको नौ अंक छ । शुक्रवार पाकिस्तानको बंगलादेशसँगको खेल हुनेछ । यो खेलमा जित हासिल गरेको खण्डमा पाकिस्तानको पनि ११ अंक हुनेछ । त्यसपछि नेट रनरेटको आधारमा सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

इंगल्याण्डसँग हारेसँगै न्युजिल्याण्डको नेट रनरेट ०.१७५ मा झरेको छ । पाकिस्तानको नेट रनरेट –०.७९२ छ । नेट रेनरेटमा दुई टोलीमा ठूलो अन्तर छ । यस्तोमा सेमिफाइनल पुग्न पकिस्तानले बंगलादेशलाई निकै ठूलो अन्तरले हराउनुपर्नेछ । तर, यो असम्भवजस्तै देखिएको छ ।

पाकिस्तान सेमिफाइनलमा पुग्नका लागि सबैभन्दा पहिला उसले शुक्रवारको खेलमा पहिले ब्याटिङ गर्नुपर्नेछ, अन्यथा उसको सेमिफाइनलको दौड सकिनेछ । दोस्रोमा यदि उसले पहिले ब्याटिङ गरेर ३०८ रनको स्कोर बनाएको खण्डमा उसले बंगलादेशलाई त्यति नै रनले पराजित गर्नुपर्नेछ । जुन असम्भवजस्तै देखिन्छ ।

यदि पाकिस्तानले ३ सय ५० रन बनाए उसले बंगलादेशलाई ३१२ रनले हराउनुपर्नेछ । त्यस्तै पाकिस्तानले ४०० रन पुर्‍याएको खण्डमा बंगलादेशलाई ३१६ रनको विशाल अन्तरले पराजित गर्नुपर्ने छ ।
 
यदि पाकिस्तानले ४०० रन पुर्‍याएको खण्डमा उसले केवल ८४ रनमा बंगलादेशलाई आउट गर्नुपर्ने हुन्छ । यो दुवै निकै कठिन काम हो । यसको अर्थ पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ