arrow

दार्जिलिङका देबनम लामालाई हराउदै कमल थापा क्वार्टरफाइनलमा

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
KAQMALAS.JPG

भुटान । भुटानको थिम्पुमा मंगलबारदेखि ५औं भारत-भुटान मैत्रि टेनिस प्रतियोगितामा कमल थापाले दार्जिलिङका देबनम लामालाई हराएका छन् ।

४५ प्लस उमेर समूहको भेट्रान्समा भारत दार्जीलिङको देवनम लामालाई ६-१ र ६-२ मा पराजित गरि कमल थापा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

मेन्स सिंगल्समा भने कमल थापा भारत आसामको केने सेवाङ संग भने ६-० र ६-० ले पराजित भएका छन् ।

लेडिज सिङ्गल्समा नेपालकी असलेषा लिसानेविचले भारत मणिपुरकी बण्टीलाई ४-६,६-३ र ७-६ मा पराजित गरुकी छन् ।

प्रतियोगितामा नेपाल,भारत, बंगलादेश र भुटानका ७२ खेलाडीहरुको सहभागिता छ।
नेपालको तर्फबाट मेन्स सिंगल्समा आईभनो लिसानेविच र कमल थापा,  लेडिज सिंगल्समा असलेषा लिसानेविच तथा ४५ पल्स सिंगल्समा कमल थापा,चाम्बा धोण्डुप र प्रताप मोक्तानले भाग लिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ