arrow

कीर्तिमान रच्दै अफगानिस्तान विश्वकपबाट बाहिरियो, उपलब्धी शून्य अनुभव ब्यापक 

logo
प्रकाशित २०७६ असार २० शुक्रबार
afghanistan4.jpg

काठमाडौं । उपलब्धी शून्य र अनुभव ब्यापक बटुल्दै अफगानिस्तानले इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट सकाएको छ । अफगानिस्तान जितविहीन बन्दै घर फर्किन वाध्य भएको हो । 

विश्वकप अन्तर्गत बिहीबार राति भएको लिग चरणको अन्तिम खेलमा वेष्ट इण्डिजसँग २३ रनले पराजित हुँदै अफगानिस्तान अंकविहीन बन्दै घर फर्किन वाध्य भएको हो । 

लिड्समा वेष्ट इण्डिजले दिएको ३१२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८८ रन मात्र बनाउन सक्यो ।

इक्राम अलिखिलले उत्कृष्ट खेल खेल्दै ८६, रहमत साहले ६२, अफगान अस्घरले ४० तथा नाजिबउल्लाह जड्रानले ३१ रन जोडे।

वेष्ट इण्डिजका लागि कार्लोस ब्रैथवेटले ४ तथा केमार रोचले ३ विकेट लिए ।  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ६ विकेटको नोक्सानीमा ३११ रन बनाएको थियो ।

साइ होपले ९२ बलमा ७७ रन बनाए । इभिन लुइस र निकोलस पोरनले समान ५८–५८ रन बनाए । कप्तान जासन होल्डरले ४५ र सिम्रन हिट्मायरले ३९ रनको योगदान गरे ।

अफगानिस्तानका डलट जद्रानले २ तथा मोहमद नाबी, सायद सृजाद र राशिद खानले समान १–१ विकेट लिए । 

हारले अफगानिस्तानले विश्वकपमा खेलेका सबै ९ खेल हारेको छ । 

खराव कीर्तिमान 
विश्वकपमा राम्रोमात्र हैन  खराव कीर्तिमान पनि बन्ने गर्छ । त्यो खराव कीर्तिमान अफगानिस्तानको नाममा पनि बनेको छ । 

त्यो हो अफगानिस्तान विश्वकपमा जितविहीन बन्दै घर फर्कने तेस्रो राष्ट्र बनेको छ  । 

यसअघि सन् १९७९ मा भारत र १९८७ मा श्रीलंका जितविहीन घर फर्किएका थिए  ।

विश्वकपको इतिहासका सुरुआती दुई संस्करण जितेको वेष्ट इण्डिजले ९ खेलबाट ५ अंक जोडेर विश्वकप यात्रा सकेको छ । वेष्ट इण्डिज पुछारबाट दोस्रो स्थानमा रह्यो ।

वेष्ट इण्डिजले सन् १९७५ र सन् १९७९ को विश्वकप जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ