arrow

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

logo
प्रकाशित २०७६ असार २० शुक्रबार
earthquake-america.jpg

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । रिड्गेक्रेस्ट शहरलाई केन्द्रविन्दू बनाएर ६.४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकन जिओलोजिकल सर्वेले जनाएको छ । 

भूकम्पको केन्द्रबिन्दु रहेको शहरमा ठूलो क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । केही मानिस घाइते भएका छन् ।

शक्तिशाली भूकम्प जाँदा केही भवनमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको छ । यो भूकम्पलाई क्यालिफिोर्नियाको पछिल्लो दुई दशकयताकै शक्तिशाली भएको मानिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सबै नियन्त्रणमा रहेको देखिएको भन्दै ट्वीट गरेका छन् । 

एक व्यक्तिले डिपार्टमेन्टल स्टोरमा सबै सामान भुइँमा झरेका तस्वीर राखेका छन् । जहाँ २८ हजार जनसंख्या रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ