arrow

तरकारी आयातमा कडाई हुँदा उत्पादनसमेत रोकियो, कांग्रेस नेता बिष्टद्वारा ध्यानाकर्षण 

logo
दीपेन्द्र बस्नेत,  
प्रकाशित २०७६ असार २० शुक्रबार

धनगढी । भारतबाट आयात गरिने तरकारी जन्य कृषि उत्पादनको बिषादी परिक्षण गरि नेपाल भित्रीन दिने सरकारले ल्याएको ब्यबस्थाले स्वदेशी कृषक लाभान्वित हुने मानिए पनि कञ्चनपुरका कृषक भने मर्कामा परेका छन् । 

कैलालीको सीमावर्ती कञ्चनपुरका कृषकहरुले उत्पादन गरेको तरकारी र फलफुलले समेत  गुणस्तर चेकजाँच नगरी धनगढीमा  लैजान रोक लगाइए पछि कृषकहरु मर्कामा परेका हुन् । 

भारतबाट आयात गरिने फलफुल तथा तरकारीमा अध्यधिक बिषादी र रसायनको प्रयोगका कारण नेपाली जन स्वास्थ्यमा परेको असर नियन्त्रण गर्न नेपाल सरकारले गुणस्तर चेक जाँच गर्ने अनिवार्य ब्यबस्था गरेको छ । 

सरकारले ल्याएको यो नियमले नेपाली जन स्वास्थ्य र कृषकलाई फाइदा पुग्ने देखिए पनि सीमावर्ती कञ्चनपुरका कृषकले भने सास्ती खेप्न थालेका हुन  ।

कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वास, बेलौरी, बेल्डाँडी र लालझाडीका कृषकहरुले बिषादी र रसायनको प्रयोग बिनै उत्पादन गरेका फलफुल र तरकारी पनि गुणस्तर चेकजाँच नगरी  धनगढी बजारमा ल्याउन रोक लगाइएको छ ।

कैलाली कञ्चनपुरको सिमानामा रहेको त्रिनगर भन्सार कार्यालयले कञ्चनपुरबाट ल्याइएको तरकारी र फलफुल आयातमा समेत रोक लगाउँदै आएको छ ।

स्वदेशमै उत्पादन गरिको कृषि उपज धनगढी बजारमा लैजान असहज भएपछि स्थानीय कृषकले सास्ती खेप्न परेको कृषकहरु बताउँछन् । 

बेलौरी रामपुरका स्थानिय कृषक जयराज रानाले स्वदेशी कृषकले उत्पादन गरि आय आर्जनका लागि फलाएको तरकारी धनगढी बजारमा लैजान लाग्दा त्रिनगर भन्सारले रोक लगाएको बताए ।

उनले भने, ‘बिषादी र रासायनिकको मात्रा बारे चेकजाँच नगरी बजार लैजान नमिल्ने भन्दै भन्सारका कर्मचारीले रोकेपछि सास्ती खेप्न परेको छ ।’ 

काँग्रेस नेता बिष्टद्वारा भन्सार प्रमुखको ध्यानाकर्षण– 

  कञ्चनपुरको दक्षिणी क्षेत्रका कृषकहरुले उत्पादन गरेको फलफुल र तरकारी जन्य उपज धनगढी बजारमा लैजान त्रिनगर भन्सारमा रोक लगाएपछि  स्थानिय उत्पादनको सहज बजार पहुँचको अधिकार हनन नगर्न र नेपाली कृषकहरुको कृषि उत्पादनमा रोक नलगाउन नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा पुर्व साँसद दिवानसिंह बिष्टले कैलालीको त्रिनगर भन्सार कार्यालयका प्रमुख गोपिकृष्ण उप्रेतीको ध्यानाकर्षण गरएका छन् ।

कञ्चनपुरको दक्षिणी क्षेत्रका कृषकहरुले उत्पादन गरेको फलफुल र तरकारी धनगढी लैजाँदा भन्सार कार्यालयले नाकामै रोक लगाएको गुनासो बढेपछी नेता  बिष्टले बिहिबार भन्सार प्रमुख बिष्टको ध्यानाकर्षण गराएका हुन् ।

नेता बिष्टले भने, ‘भारतबाट आयात गरिएका तरकारी र फलफुल जन्य उत्पादनमा भएको बिषादी र रसायनको मात्रा चेकजाँच गरि बजारमा भित्रिन अनुमती दिने काम राम्रो भए पनि नेपालकै कञ्चनपुरमा उत्पादित फलफुल र तरकारीमा रोक लगाउनु गलत र कञ्चनपुरका कृषक माथी दुर्व्यवहार गरिनु हो तसर्थ नेपाली कृषकको उत्पादनमाथि लगाइएको रोक हटाइनु पर्ने बताए । 

नेपाली उत्पादनको नाममा भारतीयहरुले फाइदा उठाउन सक्ने भएकाले कडाई गरिएको धनगढीस्थित कैलाली भन्सार कार्यालयका प्रमुख उप्रेतीले बताए । 

भारतीय कृषि उत्पादनको आयातमाथि कडाइ गर्ने कार्य नेपाली जन स्वास्थ्यका लागि हितकर मानिए पनि सीमावर्ती कञ्चनपुरमा उत्पादन गरिएको कृषि उपज समेत रोकिनु अन्यायपुर्ण र गलत भएको स्थानियहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ