arrow

भारतमा बदलियो बजेटको नाम र शैली, सल्लाहकार भन्छन् 'पश्चिमाको गुलामीबाट निस्किएको प्रतिक'

logo
प्रकाशित २०७६ असार २० शुक्रबार
nirmala-budjet.PNG

काठमाडौं । भारतको केन्द्र सरकारले आगामी आर्थिक वर्षको लागि शुक्रबार संसदमा बजेट प्रस्तुत गर्दैछ । मोदी नेतृत्वको दोस्रो कार्यकालको पहिलो बजेटमा नै अर्थमन्त्री निर्मला सितारमणले एउटा पुरानो प्रथालाई तोडेकी छिन् । यस अघिका सबै अर्थमन्त्रीहरुले बजेट प्रस्तुत गर्नु अघि रातो रंगको ब्रिफकेशमा बजेट वक्तव्य बोकेर संसद भवनमा जाने गरेका थिए । तर, यस पटक अर्थमन्त्री निर्मलाले ब्रिफकेशको साँटो मखमलको थैलीमा बजेट लिएर गएकी छिन् । 

बजेट लिएर संसद भवन जानुपूर्व बजेट तयार पार्ने आन्तरिक समूहको सामूहिक तस्वीर खिचाउने क्रमलाई उनले भंग गरिनन् । तर, यसरी सामूहिक तस्वीर खिचाउने क्रममा उनीसँग अरुको जस्तो रातो रंगको ब्रिफकेस भने थिएन । उनीहरुले यसलाई बजेट नभनेर बहीखाता भनेका छन् । 

सबैभन्दा पहिले त मोदीले दोस्रो कार्यकालमा महिला अर्थमन्त्री बनाएर पहिले नै इतिहास रचिसकेका छन् । त्यसमा पनि सितारमणले एउटा बजेटको नाम बदलेकी छिन् भने अर्काे तर्फ विदेशी व्रिफकेशको प्रथा अन्त्य गरेकी छिन् । निर्मला सीतारमणले रातो कपडामा बेरेर ल्याएको बारेमा उनका मुख्य आर्थिक सलाहकार के सुब्रमण्यन आफूहरुले भारतीय परम्परालाई स्वीकार गरेको बताएका छन् । यो पश्चिमाको गुलामीबाट निस्किएको प्रतिक रहेको भन्दै यो बजेट नभई बहीखाता रहेको बताएका छन् । 

भारत स्वतन्त्र भएपछिको पहिलो बजेट तत्कालीन वित्त मन्त्री आर. के. शणमुगम शेट्टीले १९४७ सालमा पेश गरेका थिए । त्यतिबेलादेखि नै छालाको ब्यागमा बजेट पेश गर्न सुरु गरेका थिए । 

एजेन्सीको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ