arrow

भारतीय नेता अरविन्द केजरीवाल विश्वका प्रसिद्ध बयालिसौँमा

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
arvind_kejriwal_759.jpg.jpeg
न्युयोर्क। भारतका दिल्ली प्रान्तका मुख्यमन्त्री तथा आम आदमी पार्टी प्रमुख अरविन्द केजरीवाल ‘फच्र्युन म्यागेजिन’ द्वारा गरिएको सर्वेक्षणमा वर्तमान समयमा विश्वका प्रसिद्ध ५० नेताको सूचीमा ४२ औँ स्थानमा पर्न सफल भएका छन् । 
 
उक्त सूचीमा प्रथम स्थानमा अमेजनका प्रमुख कार्यकारी अधिकृत जेफ फेजोज पर्नुभएको छ । 
 
उक्त पत्रिकाको सर्वेक्षणमा केजरीवाल भारतबाट वर्तमान् समयमा प्रसिद्ध ५० औँ विश्वनेताको सूचीभित्र पर्ने एक मात्र व्यक्ति भएका हुनुहुन्छ । 
 
फच्र्युनले आफ्नो अध्ययन प्रतिवेदनमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले दिल्लीलाई विश्वको सबैभन्दा प्रदूषित सहरका रुपमा घोषणा गरेपछि केजरीवालले प्रदूषणलाई कमी गर्ने अभियानस्वरुप दिल्लीमा गुड्ने सार्वजनिक यातायातमा जोर बिजोर यातायात सञ्चालन गर्ने ‘पाइलट प्रोजेक्ट’ (कार्यक्रम) लागू गर्ने घोषणा गर्नुभएको थियो । 
 
यसलाई महत्वाकाङ्क्षी तर असम्भव कार्यक्रम भनी कतिपयले टिप्पणी गरेका थिए । 
 
यो कार्यक्रमपछि दिल्लीको प्रदूषण १३ प्रतिशतले कम भएको र यसबाट दिल्लीवासीलाई राहत मिलेको फच्र्युनले जनाएको छ । 
 
विश्व प्रसिद्ध नेताको सूचीमा जर्मन चान्सलर एन्जेला मर्केल दोस्रो नम्बरमा पर्नुभएको छ भने म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी तेस्रो स्थानमा हुनुहुन्छ । 
 
त्यस्तै भुटानी प्रधानमन्त्री छिरिङ थोग्वे सूचीको ५० औँ स्थानमा रहेको फच्र्युनको सर्वेक्षण प्रतिवेदनले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ