arrow

डलरको लोभमा मन्त्रीका पिए पनि लियाजो अफिसर

हिमाल आरोहणमा सरकारी कर्मचारीको लागि कमाउने भाँडो

logo
प्रकाशित २०७६ असार २० शुक्रबार
sagarmatha-trek.jpg

काठमाडौं। असार महिना सुरु भएसँगै बसन्तकालीन हिमाल आरोहणको मौसम पनि समाप्त भएको छ। यो मौसममा ६ सय ४४ जना व्यक्तिले सगरमाथा आरोहण गरेको पर्यपटन विभागले जनाएको छ। तर हिमाल आरोहण पनि सरकारी कर्मचारीको लागि कमाउँने भाँडो भएको छ। ६ हजार ५ सय मिटरभन्दा माथिका हिमाल आरोहणमा जाने पर्वतारोहीहरुले एक जना लियाजो अफिर (सम्पर्क अधिकारी) लैजानु पर्ने कानुनी व्यवस्था छ। सम्पर्क अधिकारी सरकारी कर्मचारी हुनु पर्ने व्यवस्था पनि गरिएको छ।

यो व्यवस्थाबाट फाइदा उठाउँदै यस मौसममा ९८ जना लियाजो अफिसर छानिएन। ती लियोजन अफिसरहरु यस पटक निकै विवादमा आए। वेस क्याम्प समेत नपुगी उनीहरुले हिमाल आरोहण गरेको प्रमाणित गरे। ९८ जना लियोजन अफिसर मध्ये वेस क्याम्प सम्म पुग्ने कर्मचारी २२ जना मात्र भए। ती मध्ये आधाजसो कर्मचारी काठमाडौंमै बसेर हिमाल आरोहण गरेको प्रमाणित गरे।

पर्यटन विभागले वेस क्याम्पम नपुगी बाटोबाटै फर्केका लियाजन अफिसरहरू बारेमा  प्रारम्भिक छानविन सुरु गरेको छ। हिमाल आरोहण असुरक्षित बन्दै गएको र लियाजो अफिसर वेस क्याम्पै नपुगी हिमाल आरोहण प्रमाणित गरेको समाचार आए पछि सरकारले करिब एक महिना अघि हिमाल आरोहणलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनी अध्ययन गरी प्रतिबेदन दिन पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययको संयोजकत्वमा एउटा समिति गठन गरेको छ। उक्त समितिले अहिलेसम्म रिपोर्ट बुझएको छैन। 

लियाजो अफिसरले हिमाल आरोहणमा जाने समुह-व्यक्तिलाई हिमाल आरोहण पूरा गरेको प्रमाणित गनु पर्ने हुन्छ। लियाजन अफिसरले प्रमाणित गरे पछि मात्रै सम्बन्धित व्यक्तिले हिमाल आरोहण गरेको कानुनी मान्यता पाउछ। हिमाल आरोहण समुहबाट एक जना लियाजो अफिसरले २ हजार देखि ३ हजारसम्म डलर सुविधा पाउछ। यसबाहेक हिमाल आरोहण गर्ने समुहले उनीहरूलाई थप सुविधा दिने गर्छ। त्यसैले लियाजन अफिसर भइ आरोहण दलमा जान सरकारी कर्मचारीहरूमा पहुँच र स्वर्सफोर्स लाग्ने गर्छ। 

राष्ट्रपति-प्रधानमन्त्री कार्यालयका कर्मचारी पनि लियाजो अफिसर
यस वर्ष लियाजो अफिसरकौ मौका पाउने कर्मचारीहरूमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अख्यियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परिक्षकको कार्यालय जस्ता पहुचँवाला कार्यालयका कर्मचारी हावी छन्। यसैगरी आधिकारिक ट्रेड युनियनका अध्यक्ष, महासचिव, सदस्य, सत्तारूढ कर्मचारी संगठनका अध्यक्ष लगायतका पहुचवाला कर्मचारी नेताहरू पनि लियाजन अफिसर भइ हिमाल आरोहणमा पुगेका छन्।

यस मौसममा लियाजो अफिसर भइ हिमाल आरोहण दलमा जाने सरकारी कर्मचारीहरूमा प्रदीप श्रेष्ठ (प्रधानमन्त्री कार्यालय), विवेक घिमिरि (प्रधानमन्त्री कार्यालय), केशव पोखरेल पर्यटन मन्त्रालय (अन्नपूर्ण), प्रल्हाद पुडासैनी (राष्ट्रपति कार्यालय), कमल प्रसाद मिश्र (अख्तियार), प्रकाश न्यौपाने (कानुन तथा न्याय मन्त्रालय), तीर्थ चापागाईं (अख्यितार), दिपेन्द्र राज अधिकरी (प्रधानमन्त्री कार्यालय), हरिबहादुर राउल, पुन्य ढकाल, भोला पोखरेल, रोशनी कार्की, गणेश गुरुङ, दिपन्द्र राज अधिकरी(प्रधानमन्त्री कार्यालय), निर्माण कार्की (सहकारी विकास), उत्तम दवाडी विनोद गौतम लगायतका छन्।

यसैगरी आरोहण दलमा पुगको लियाजो अफिसहरूमा सुरेन्द्र अधिकारी, लक्ष्मी आचार्य, कमलराज श्रेष्ठ, गणेश गुरूङ, हरिकष्ण फूयाँल, चन्द्र अधिकरी, कृष्ण दाहाल, नमराज वाग्ले, ज्ञानेन्द्र श्रेष्ठ, निराजन मिमिरे, प्रमोद नेपाल, विमल ज्ञवाली, गोविन्द न्यौपान, धनकुमारी गुरागाईं, प्रदीप पौडेल, भिम पन्थी, तुलसीनाथ गौतम, नारायण खत्री, मिरा आचार्य, झंककुमार खत्री, रामप्रसाद भुषाल, दिपक दाहाल, बलबहादुर कार्की, कमलराज श्रेष्ठ, रोशनी कार्की, तरुण राय, रचना प्रधान, नर्पु भोटे, चोकी शेर्पा लगायतका कर्मचारी छन्।

मन्त्रीका पिए पनि लियोजन अफिसर
यस वर्ष लियाजो अफिसरको यतीसम्म दुरुपयोग भयो कि, मन्त्रीका नीजि सचिव पनि लियाजो अफिसर भइ डलर बुझे। शिक्षा मन्त्रीका पिए इन्द्रमणी पोखरेल यस पटक लियोजन अफिसर भइ डलर बुझेको रेकर्ड पर्यटन विभागसँग छ। विभागका एक कर्मचारी भन्छन, वन मन्त्री शक्ति बस्नेत, सामान्य प्रशासन मन्त्री लालबाबुपण्डितको सचिबालयमा बसेकोहरुले पनि यसपटक लियोजन अफिसर हुने मौका पाएका छन्। 

लियाजो अफिसर बाटामै विरामी भए बीच बाटोबाटै फर्कन सक्ने व्यवस्था छ। अधिकांश लियाजो अफिसरहरुले यो व्यवस्थाको दुरुपयोग गर्छन्। उनीहरु वेस क्याम्प समेत नपुगी फर्कने गर्छन्। धेरैजसो कर्मचारी आरोहणमा गएको एक-दुई दिनमै बीच बाटोमै ‘लेक लाग्यो, विरामी भए’ भन्दै फर्कने गर्छन। ‘फिल्डमै गइ विरामी भएको भए स्वाभाविक रुपमा फर्कन सकिन्छ तर फिल्डमै नगइ विरामी भएको नाटक गरिएको हुन्छ।’ पर्यटन विभागका एक उच्च कर्मचारी भन्छन,–‘विरामी भए, लेक लाग्यो भनेको व्यक्तिलाई कसरी वेस क्पाम्प जाऔ भन्ने ? मानवीय रुपमा भन्न मिल्दैन।’ विभागका अनुसार हिमाल आरोणमा जाने समुह-व्यक्तिले २० देखि ७५ दिनसम्म्म लगाउने गर्छ।

को को सगरमाथा पुगे
पर्यटन विभागका अनुसार यस मौसममा ६ सय ४४ जनाले सगरमाथाको चुचरोमा पुगेका छन्। सगरमाथा आरोहणकोलागि एक हजार २४ जना व्यक्तिले अनुमति लिएका थिए। विभागका अनुसार यस मौसममा सगरमाथाको चुचुरोमा पुग्ने नेपालीहरूमा निसा भोट, लक्ष्मण सापकोटा, गोपाल श्रेष्ठ, खिमलाल गौतम, रविन कार्की, दावजंग शेर्पा छन्। 

यसैगरी चुचरोमा पुग्ने नेपालीहरूमा रोहित कुमार श्रेष्ठ, पासाफुटी शेर्पा, कुमारी ज्ञानमाला रनपल, फुरदिकी शेर्पा, निमा डोमा शोर्पा, कान्छि डोल्मा हेल्मो, लिलाबहादुर बस्नेत लगायतका व्यक्ति छन्। पर्यटन विभागले यस मौसममा ३८ समुहलाई हिमाल आरोहण गर्न अनुमति दिइएको थियो। त्यसमध्ये ३३ समुहले सगरमाथाको लागि अनुमाति लिएका छन्। बसन्त रितुमा सगरमाथा, ल्होत्स्य, कञ्चनजघां, अन्नपूर्ण लगायतका हिमाल पर्छन भने शरद रितुमा मनासुलु लगायतका हिमाल पर्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ