arrow

खेतमा काम गरिरहेका बेला बँदेलको आक्रमण, दुई जना घाइते

logo
प्रकाशित २०७६ असार २० शुक्रबार
badels.jpg

डोटी । केआइसिंह गाउँपालिका–१ बाउजेलामा शुक्रबार जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार खेतमा काम गरिरहेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गर्दा ३२ वर्षीय जगत विक र ३२ वर्षीय इन्द्र विक घाइते भएका हुन् । घाइते जगतको अवस्था गम्भिर छ ।

उनलाई उपचारका लागि जिल्ला बाहिर लैजान सिफारिस गरिएको शैलेश्वरी अस्पताल, दिपायलका निर्देशक डा आइजङ  कुँवरले जानकारी दिए । अर्का घाइते इन्द्रको शैलेश्वरीमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ