arrow

५ वर्षमा चौथो अर्थतन्त्रमा पुग्न क-कसलाई जित्नुपर्छ भारतले ? मोदीले सुनाए योजना

logo
प्रकाशित २०७६ असार २१ शनिबार
pm-modi.jpg

नयाँ दिल्ली । आर्थिक समीक्षालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको भाषणसम्ममा ५ ट्रिलियनको अर्थतन्त्रलाई आजकल एकदमै धेरै चर्चा हुने गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आज काशीमा पनि आफ्नो भाषणमा यही विषयमा ध्यान दिएका छन् । उनले त्यहाँका जनतालाई अबको पाँच वर्षमा भारतको अर्थव्यवस्थालाई ५ ट्रिलियन डलरसम्म पुर्याउनेबारे पूरा विश्वास गराए । 

भारतीय सञ्चारमाध्यमहरुले ५ ट्रिलियन डलर अर्थात् (३५० लाख करोड रुपैयाँ) को इकोनोमी देशको अर्थव्यवस्थालाई मोदीले लिएको एक लक्ष्य मानेका छन् । जसलाई मोदी सरकारले पाँच वर्षमा अर्थात् २०२४सम्म साकार बनाउने फैसला गरेका छन् । 

८ प्रतिशतमा राख्नु पर्छ जीडीपी दर 
देशको ५ लाख करोड डलरको इकोनोमी बनाउनको लागि बृद्धिदरलाई केवल बढाउने मात्रै होइन, यसलाई स्थिर पनि बनाइराख्नु पर्नेछ । यो ग्रोथ रेट अघिल्लो ५ वर्षसम्म निरन्तर कम्तिमा ८% को हुनु पर्दछ । यस लक्ष्यलाई पाउनको लागि लगानी बढाउन तर्फ जोड दिनु पर्छ । एक लाख करोड डलरको अर्थव्यवस्था बन्नको लागि भारतलाई ५५ लागेको छ । पछिल्लो पाँच वर्षमा मात्रै अर्थव्यवस्थामा एक लाख करोड डलर थपिएको छ । यसका कारण सरकारको लक्ष्य पाउनको लागि सरकार उत्साहित छ । 

२.७ लाख करोडको अर्थव्यवस्था 
पाँच वर्ष पहिले भारतीय अर्थव्यवस्थाको आकार १.८५ लाख करोड डलर थियो, जुन अहिले २.७ लाख करोड डलर भएको छ । 

महंगी दरको बारेमा पनि प्रतिबद्धता 
महंगी दरको लक्ष्यबारे कुराकानी गर्दा पनि मोदीले नयाँ प्रतिबद्धता गरेका छन् । महंगी दर बढ्नुको अर्थ हो वस्तुहरुको मूल्य बढ्नु । महंगी दरमा बढोत्तरीका साथ रुपैयाँको क्रय शक्ति घट्ने छ । जसबाट घट्नेछ र जीडीपी बृद्धिदरमा समेत नकारात्मक असर पर्नेछ । जसबाट आफ्नो लक्ष्यमा असर पर्नेभएकोले पनि मोदीले यसलाई नियन्त्रणमा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

रुपैयाँ, डलर विनिमय दर  
५ लाख करोड डलरको लक्ष्यसम्म पुग्नको लागि रुपया र डलरको विनिमय दरलाई समेत नियन्त्रणमा राख्नु पर्ने देखिएको छ। यदि अब आउने समयमा रुपयाको मूल्य घट्छ भने डलरले भारतको अर्थव्यवस्थामा नराम्रो असर पार्नेवाला छ । तर, यदि डलरको ठाउँमा रुपैयाँ मजबूत हुन्छ भने यसबाट यस लक्ष्यसम्म पुग्नको लागि सहज हुनेछ । 

चौथो सबैभन्दा ठूलो बन्ने लक्ष्य 
पाँच लाख करोड डलरको अर्थव्यवस्था बनेपछि भारत जर्मनीलाई पछाडि गराएर दुनियाँको चौथो सबैभन्दा ठूलो अर्थव्यवस्था बन्ने भएको छ । 

क्रसं    देश    अर्थव्यवस्थाको आकार (जीडीपीमा)
१    अमेरिका    १९.३९ लाख करोड डलर
२    चीन    १२.०१ लाख करोड डलर
३    जापान    ४.८७ लाख करोड डलर
४    जर्मनी    ३.६८ लाख करोड डलर
५    ब्रिटेन    २.६२ लाख करोड डलर
६    भारत    २.६१ लाख करोड डलर
७    फ्रान्स    २.५८ लाख करोड डलर
८    ब्राजिल    २.०५ लाख करोड डलर
९    इटाली    १.९३ लाख करोड डलर
१०    क्यानडा    १.६५ लाख करोड डलर

१०० लाख करोडको लगानी
प्रधानमन्त्री मोदीले लक्ष्य प्राप्तिको दिशामा नै ग्रामीण पूर्वाधारमा १०० लाख करोड रुपैयाको लगानी गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ