arrow

रोहित शर्माको कीर्तिमान जो अहिलेसम्म अरु कसैले बनाएका थिएनन् 

logo
प्रकाशित २०७६ असार २१ शनिबार
rohit-sharma-record.jpg

काठमाडौं । भारतीय क्रिकेटर रोहित शर्माले एक दिवसीय विश्वकप क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । विश्वपमा पाँच शतक बनाएर रोहितले नयाँ कीर्तिमान बनाएका हुन् । रोहितले इंगल्याण्डमा जारी एक दिवसीय विश्पकपमा पाँच शतक बनाएका हुन् । 

अहिलेसम्म कसैले पनि विश्वकपको एउटै संस्करणमा पाँच शतक बनाएको थिएन । शनिबार राति श्रीलंकाविरुद्ध शतक प्रहार गर्दै रोहितले श्रीलंकाका कुमार सांगाकाराको चार शतकको कीर्तिमान तोडेका हुन् ।
 
रोहितले दक्षिण अफ्रिकाविरुद्ध १२२ रन, पाकिस्तानविरुद्ध १४० रन, इङ्ल्याण्डविरुद्ध १०४ रन, बंगलादेशविरुद्ध १०४ रन तथा शनिबार श्रीलंकाविरुद्ध ९४ बलमा दुई छक्का र १४ चौकाको मद्दतमा १०३ रन बनाएका हुन् । 

लगातार तीन खेलमा शतक बनाएर अर्को कीर्तिमान बनाएका छन् । विश्वकपमा यो कीर्तिमान लामो समयसम्म चल्न सक्छ । 

कुमार सांगाकाराले सन् २०१५ को विश्वकपमा चार शतकको कीर्तिमान बनाएका थिए । 

रोहितले विश्वकपमा सबैभन्दा बढी ६ शतक बनाउने कीर्तिमानको भारतीय क्रिकेटर सचिन तेन्दुलकरको बराबरी गरेका छन् । 

सन् २०१५ मा एउटा शतक बनाएका रोहितले विश्वकपमा ६ शतक बनाएका हुन् । सचिनका नाममा पनि ६ शतक नै रहेको छ । 

रोहितले जारी विश्वकपमै सेमिफाइनल खेल्न बाँकी छ । त्यो खेलमा शतक बनाए भने टिमलाई जिताउने मात्र छैनन् अर्को कीर्तिमान आफ्नो नाममा लेखाउने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ