arrow

विश्वकप क्रिकेटमा भारतद्धारा श्रीलंका ७ विकेटले पराजित

logo
प्रकाशित २०७६ असार २२ आइतबार
india-srilanka.jpg

काठमाडौं । रोहित शर्माको कीर्तिमानी शतकको मद्धतले इंगल्याण्डमा जारी विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई पराजित गरेको छ ।

लिड्समा शनिबार राति भएको खेलमा रोहितले एकै विश्वकपमा कीर्तिमानी पाँचौ शतक प्रहार गर्दा भारतले श्रीलंकालाई ७ विकेटले हराएको हो ।

२६५ रनको लक्ष्य पछ्याएको भारतले ४३.४ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गरेको हो । रोहित र लोकेश राहुलले पहिलो विकेटका लागि १८९ रनको साझेदारी गरेका थिए । रोहितले रोहितले १०३ रन बनाए भने राहुलले १११ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ७ विकेटको नोक्सानीमा २६४ रन बनाएको थियो । एन्जेलो म्याथ्युजले ११३ रन बनाए । लहिरु थिरिमानेले ५३ रन बनाए । 
भारतका जसप्रित बुम्राहले ३ विकेट लिए । 

यो जितले भारतले लिग चरणका ९ खेलबाट १५ अंक जोडेको छ । भारत शीर्ष स्थानमा छ । अर्को खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका भिडिरहेका छन् । अष्ट्रेलियाले ३२६ रनको लक्ष्य पछ्याइरहेको छ । 

अष्ट्रेलियाको १४ अंक छ । दक्षिण अफ्रिका विजयी भए भारत शीर्षमा रहने छ । भारत शीर्षमा रहे सेमिफाइनलमा उसको प्रतिद्धन्द्धी न्यूजिल्याण्ड हुनेछ । 

यदि अष्ट्रेलिया विजयी भए भारत दोस्रोमा रहने छ र उसको सेमिफाइनल भिडन्त इंगल्याण्डसंग हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ