arrow

उफ् मेस्सीलाई रातो कार्ड 

logo
प्रकाशित २०७६ असार २२ आइतबार
messi45.jpg

काठमाडौं । विश्वकै सर्वाधिक सफलमध्येका एक अर्जेन्टाइन व्यवसायिक फुटबल खेलाडी लियोनल मेस्सीले रातो कार्ड खाँदा कस्तो होला ? तर तितै चर्चित खेलाडी मेस्सीले रातो कार्ड खाएका छन् । 

Medel appears to move his face towards Messi as he confronts the Argentina skipper

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको तेस्रो स्थानको भिडन्तमा चिलीविरुद्ध खेल्ने क्रममा रातो कार्ड खाएका हुन् ।  

खेलको ३७ औं मिनेटमा कप्तान मेस्सी र चिलीका गारी मेडेलले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएको हो ।

It was the second red card of Messi's career, the first coming on his Argentina debut in 2005

मेस्सी र मेडेल एक अर्काविरुद्ध मैदानमा झगडा गरेपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएका थिए ।

सन् २००५ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेका मेस्सीलाई पहिलो पटक रातो कार्ड देखाइएको हो । 

खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले हराउँदै तेस्रो स्थान हासिल गर्यो । सेमिफाइनलमा अर्जेन्टिना ब्राजिलसंग २–० गोल अन्तरले पराजित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ