arrow

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनालाई तेस्रो स्थान

logo
प्रकाशित २०७६ असार २२ आइतबार
messilai_red.jpg

काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले तेस्रो स्थान पाउन सफल भएको छ । शनिबार रातिको खेलमा चिलीलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको हो ।

साविक विजेता चिलीविरुद्ध अर्जेन्टिनालाई जित दिलाउन सर्जियो अग्युरो र पाउल डिबलाले एक एक गोल गरे । चिलीका अर्टुरो भिदालले एक गोल फर्काए ।

तर यो खेलमा अर्जेन्टिनाले सबैभन्दा दुःख भोग्नुपर्यो । कप्तान लियोनल मेस्सीले करियरको पहिलो रातो कार्ड खाए । सन् २००५ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका मेस्सीलाई ३७ मिनेटमा रेफ्रीले रातो कार्ड देखाएका हुन् । 

The referee immediately brandished a red card at both players over the unsavoury incident

मेस्सीले र चिलीका गारी मेडेलले मैदानमा झगडा गरेपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएका हुन् । 

कोपा अमेरिकाको उपाधिका लागि आयोजक ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलमा ब्राजिलले अर्जेन्टिनालाई तथा पेरुले चिलीलाई हराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ