arrow

३८ सालका तन्नेरी धोनी, ‘हेप्पी बर्थडे माही’

logo
प्रकाशित २०७६ असार २२ आइतबार
dhoni3.jpg

काठमाडौं । भारतीय क्रिकेटको रुप बदल्न सफल एक क्रान्तिकारी क्रिकेटर महेन्द्र सिंह धोनीले आइतबार (जुलाई ७) मा जन्मोत्सव मनाइरहेका छन् । 

३८ औं जन्मोत्सव मनाइरहेका धोनीलाई मायाले सबै भारतीयहरु ‘माही’ भन्ने गर्छन् । 

तिनै भारतीय राष्ट्रिय टिमका पूर्व कप्तान माहीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले शानदार करियरको प्रशंसा गर्दै ‘भारतीय क्रिकेटको मुहार बदल्ने खेलाडी’ को उपमा दिएको थियो । 

धोनी तीन वटै क्रिकेटका उपाधि दिलाउने एकमात्र क्रिकेट कप्तान हुन् । उनले सन् २००७ मा टी–२० विश्वकप, सन् २०११ को एक दिवसीय विश्वकप र सन् २०१३ मा च्याम्पियन्स ट्रफी जिताएका थिए । 

३८ वर्षका हुँदा पनि उनको खेल प्रदर्शन भने निकै सशक्त छ । इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा उनले सशक्त खेलिरहेका छन् । 

उनले नटआउट भएर खेलेका खेलमा अहिलेसम्म केवल दुई खेलमात्र भारतले हारेको छ । उनी सबैभन्दा भरोसायोग्य ‘फिनिसर’ हुन् । 

उनको विकेटकिपिङ उत्तिकै सशक्त छ । शनिबार मात्र श्रीलंकाविरुद्धको विश्वकपको खेलमा धोनीले तीन क्याच आउट गर्नुका साथै एउटा स्टम्पिङ गरेका थिए । 

उनको यो विश्वकप अन्तिम विश्वकप हो । धेरै अड्कल आइरहेका छन् कि माहीले अन्तिम खेलकै बेलामा सन्यासको घोषणा गर्नेछन् । उनले अहिलेसम्म पाएको सफलता नै धेरै हो । 

माहीलाई हाम्रो पनि शुभकामना ! 

आइपीएल क्रिकेटमा चेन्नाई सुपर किंगसका कप्तान धोनीले आइपीएलमा पनि आफ्नो टिमलाई धेरै नै उपाधि दिलाएका छन् । 

धोनी मनका पनि उत्तिकै धनी छन् । नेपालले पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउने भएपछि बधाइ तथा शुभकामना दिनेमा धोनी पनि एक थिए । 

उनले नयाँ टिमलाई स्वागत भनी प्रतिक्रिया दिएका थिए । सहयोग र साथ रहने बताएका थिए । 

तिनै मनकारी धोनीलाई हाम्रो पनि जन्मदिनको शुभकामना !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ