arrow

किन बढिरहेछ विद्युत चुहेर हुने दुर्घटना ? विद्युत प्राधिकरणको काम बिजुली दिने मात्रै हो ?

logo
प्रकाशित २०७६ असार २२ आइतबार
Nepal-Electricity-Authority.jpeg

काठमाडौं । हालैमा दिनहुँ विद्युत दुर्घटनाका घटना बढिरहेका छन् । कहिले विद्युत चहिएर त कहिले हाइटेन्सनका कारण । 

निरन्तर यस्ता घटनाहरु भइरहँदा पनि सम्बन्धित निकाय चुपचाप छ । केही दिनअघि नेपालको सरकारी सिमेन्ट उदयपुर सिमेन्ट कारखानामा हाइटेन्सनका कारण मेसिन बिग्रदा अहिलेसम्म काम चालु हुन सकेको छैन । 

जसले गर्दा दैनिक लाखौंको क्षति ब्यहोर्नु परिरहेको छ । हाइटेन्सनका कारण हरेक दिन कहीं न कहीं समस्या भइरहेको छ । 

बिजुली मर्मत गर्ने क्रममै कर्मचारी तथा सहयोगीहरु समेतको ज्यान गइरहेको हुन्छ । 

पछिल्लो समय शनिबार राति विद्युत चुहिएर झापाको कमल गाँउपालिकामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।     
     
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार यसरी मृत्यु हुनेमा कमल गाँउपालिका–३ बस्ने ५५ वर्षीय प्रेम खतिवडा रहेका हुन् ।

विद्युत् चुहिएरै मुगु घर भई प्राधिकरणमा कार्यरत ४९ वर्षीय हिक्मत बुढा गम्भीर घाइते भएका छन् । 

दुवै नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रका प्राविधिक रहेको बताइएको छ ।     
     
राति ८ बजेतिर कमल गाउँपालिका–५ स्थित कावेली करिडोर पावरहाउसको सवस्टेशन अगाडि राजमार्गको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक विद्युत् चुहिँदा दुवै घाइते भएका र खतिवडाको भने दमकस्थित लाइफलाइन अस्पतालमा ल्याउना साथ मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताए । 

घाइते बुढालाई थप उपचारका लागि भारतको सिलगुढी लगिएको छ । 

घटनाको विस्तृत विवरण खुल्न सकेको छैन भने प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरिरहेको जनाएको छ । 
    
यो त उदाहरण  मात्र हो । यस्ता घटना भइरहँदा पनि प्राधिकरणले उचित कदम चालेको देखिँदैन । 

कहिले प्राधिकरणले जथाभावी तार फ्याल्दा करेन्ट प्रवाह भएर पनि ज्यान जाने गरेको छ । 

बिजुली दिएर प्राधिकरणका कार्यकारी कुलमान घिसिङले निकै वाहीवाही कमाए । मुलुक अन्धकारमय भइरहेकै बेलामा उनले प्रायः लोडसेडिङ नहुने बनाएर नेपालीलाई गुन लगाएका छन् । 

तर यसरी दिनानुदिन बिजुलीकै कारण हुने घटनाको जिम्मा लिन उनी तयार देखिएका छैनन् । 

यसको न्यूनिकरणका लागि कुनै गहन कदम चालिएको पाइँदैन । सबैभन्दा ठूलो ज्यान हो । ज्यानै नरहेपछि अरु सबै विषय गौण बन्न पुग्छन् । 

के विद्युत प्राधिकरणको काम बिजुली दिनुमात्र हो ? अनि त्यहाँ कार्यरत कर्मचारीहरुको ज्यानको जोखिम न्यूनिकरण गर्नुपर्दैन ? 

हाइटेन्सनकै कारण आगलागीसमेत बढिरहेको छ । यसको जिम्मा कसको ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ