arrow

प्रमुख दल मिल्नुको विकल्प छैन:अध्यक्ष दाहाल

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
prachanda.jpg.jpeg.jpeg
दमौली। एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा देखिएको विद्यमान समस्या समाधान गर्न प्रमुख दल मिल्नुको विकल्प नरहेको बताएका छन् । 
 
दमौलीस्थित सरकारी कार्यालयका प्रमुखसँग आज भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माण र संविधान कार्यान्वयनको चुनौतीले गर्दा राष्ट्रिय एकताको आवश्यकता छ, भने । प्रमुख शक्तिहरु एक भई मुलुकको विद्यमान समस्या समाधानतर्फ लाग्नुपर्नेमा दाहालको जोड थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणका क्रममा भएका सम्झौताले देशको आर्थिक विकासमा नयाँ आयाम थपेको प्रचण्डको भनाइ थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ