arrow

बढी तौल भएकी महिलाबाट यौनआनन्द दिने संस्थाका मालिक पक्राउ

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
tokiyo.jpg.jpeg

टोकियो। जापानी प्रहरीले घरैमा बढी तौलयुक्त महिलाबाट यौनआनन्दको सेवा दिने संस्थाका मालिकलाई पक्राउ गरेको जानकारी सुरक्षा संस्थाका प्रवक्ताले मङ्गलबार दिएका छन्। यस सस्थाले १५० किलोग्राम तौलसम्म भएकी महिलाबाट यौनआनन्दको सेवा उपलब्ध गराउने गरेको बताइएको छ।

प्रहरीले ४१ वर्षीय केइको साइतो तथा उनका कर्मचारीहरूले माकुसु बोदी (ठूलो शरीर) नामक वेश्यावृत्ति व्यवसाय सञ्चालन गरेको आशङ्का गरिएको जानकारी प्रहरीले दिए। यस संस्थाले ‘‘ठूला स्तन तथा नितम्ब’’ मनपराउने पुरुषलाई सेवा उपलब्ध गराउने गरेको उल्लेख गरिएको छ।

साइतोमा अधिक तौल भएकी ३० महिलाले काम गरिरहेको र एक महिलाको तौल १५० किलाग्रामभन्दा अधिक रहेको आरोप लगाइएको जिजी प्रेसले उल्लेख गरेको छ। टोकियोमा यस्तो सेवा चाहने व्यक्तिले टेलिफोनमा आफ्नै घर वा होटेलको कोठामा सेवा उपलब्ध गराउन अनुरोध गर्न सक्नेभएको प्रहरीले जानकारी दिएका छन्। यस सेवालाई ‘‘देरु हेरु’’ नाम दिइएको छ। यसको अर्थ स्वास्थ्य सेवा हुन्छ जो जापानमा व्यापक छ। जापानमा यौनसेवा बिक्री गर्नु गैरकानुनी हुन्छ।

साइतोले यस सेवाबाट गत तीन वर्षमा ४० लाख अमेरिकी डलर बराबर कमाएको र निजले त्यसभन्दा अगाडि यौनकर्मीको रूपमा काम गरेको जिजीले उल्लेख गरेको छ। उनले ठूला शरीर भएका महिला ग्राहकबीच लोकप्रिय हुने ठानेर यो व्यवसाय आरम्भ गरेकी थिइन्। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ