arrow

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट, मलेसिया विरुद्ध नेपाल टस जितेर फिल्डिङमा 

logo
प्रकाशित २०७६ असार २३ सोमबार
nepal-u-19_cricket.jpg

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा नेपालले अहिले आयोजक मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

क्वालालम्पुरस्थित किन्रारा ओभलमा नेपालले घरेलु टोली मलेसियासंग खेलिरहेको हो । नेपालले टस जितेर फिल्डिङ रोजेपछि मलेसिया ब्याटिङमा उत्रेको छ । 

समूह चरणमा अपराजित रहँदै नेपाल समूह विजेता बनेको थियो । पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 

साबिकको विजेता नेपालले समूह बीको उपविजेता मलेसिया प्रतिस्पर्धी पाएको हो । 

यू–१९ क्रिकेटमा मलेसियासँगको पछिल्लो १० भेटमा नेपाल हाबी हुँदै आएको छ । १० खेलमा नेपालले ९ खेल जितेको छ भने मलेसियाले १ खेल मात्र जितेको छ ।

अर्को सेमिफाइनलमा सिंगापुरले टस जितेर हङकङ विरुद्ध पहिले फिल्डिङ गरिरहेको छ । सिंगापुर समूह ए को उपविजेता हो भने हङकङ समूह बी को विजेता हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ