arrow

मलेसिया ८७ रनमै अलआउट, नेपाल फाइनल नजिक

logo
प्रकाशित २०७६ असार २३ सोमबार
nepal-acc.jpg

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा नेपालले जितका लागि ८८ रनको विजयी लक्ष्य पछ्याइरहेको छ । 

क्वालालम्पुरस्थित किन्रारा ओभलमा नेपालले घरेलु टोली मलेसियासंग खेलिरहेको हो । मलेसियाले पहिले ब्याटिङ गर्दै ८७ रनमा अलआउट भएको छ । 

मुहमद अमिरले सबैभन्दा धेरै २४ रन बनाए । ४४.५ ओभरमा मलेसियालाई अलआउट गर्ने क्रममा सागर ढकालले १० ओभरमा ३ मेडन राखेर १६ रन खर्चेर ३ विकेट लिएका छन् । 

कुशल मल्लले २ तथा कमल सिंह ऐरी, रसिद खान र तिलकराज भण्डारीले १–१ विकेट लिएका छन् । 

जवाफमा नेपालले आक्रामक र तीव्र गतिमा रन बनाइरहेको छ । पवन सर्राफ १६ बलमा १८ रन बनाएर आउट भएका छन् । २० रन जोड्दा ३.५ ओभरमा नेपालले पवनलाई गुमाएको हो । 

समूह चरणमा अपराजित रहँदै नेपाल समूह विजेता बनेको थियो । पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 

साबिकको विजेता नेपालले समूह बीको उपविजेता मलेसिया प्रतिस्पर्धी पाएको हो । 

यू–१९ क्रिकेटमा मलेसियासँगको पछिल्लो १० भेटमा नेपाल हाबी हुँदै आएको छ । १० खेलमा नेपालले ९ खेल जितेको छ भने मलेसियाले १ खेल मात्र जितेको छ ।

अर्को सेमिफाइनलमा सिंगापुरले टस जितेर हङकङ विरुद्ध पहिले फिल्डिङ गरिरहेको छ । सिंगापुर समूह ए को उपविजेता हो भने हङकङ समूह बी को विजेता हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ