arrow

डिफेन्डिङ च्याम्पियन नेपाल यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा 

मलेसियामाथि ७ विकेटको जित, मलेसिया ८७ रनमै अलआउट 

logo
प्रकाशित २०७६ असार २३ सोमबार
nepal-acc-u-19-final.jpg

काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपाल मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा पुगेको छ । नेपालले मलेसियामाथि ७ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भएको हो । 

सोमबार बिहान ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ३ विकेटको नोक्सानीमा जित पायो । 

भीम सार्कीले ३३ बलमा ३४ नटआउट तथा रोहित कुमार पौडेलले ३३ बलमा ३१ नटआउट रन बनाए । पवन सर्राफले १८, रित गौतमले ३ र खड्ग बहादुर बोहरा रन नबनाइ आउट भए । 

यसअघि क्वालालम्पुरस्थित किन्रारा ओभलमा मलेसियाले पहिले ब्याटिङ गर्दै ८७ रनमा अलआउट भएको थियो । 

मुहमद अमिरले सबैभन्दा धेरै २४ रन बनाए । ४४।५ ओभरमा मलेसियालाई अलआउट गर्ने क्रममा सागर ढकालले १० ओभरमा ३ मेडन राखेर १६ रन खर्चेर ३ विकेट लिए ।

कुशल मल्लले २ तथा कमल सिंह ऐरी, रसिद खान र तिलकराज भण्डारीले १–१ विकेट लिए ।  

समूह चरणमा अपराजित रहँदै नेपाल समूह विजेता बनेको थियो । पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ