arrow

पहिलो सेमीफाईनलमा बर्षाले बाधा पुर्‍याउने संभावना, भारतलाई फाइदा

logo
प्रकाशित २०७६ असार २३ सोमबार
washout-cricket-rain.jpg

काठमाडौं। विश्वकप क्रिकेटको पहिलो सेमीफाईनल खेल पानीले प्रभावित हुने अनुमान गरिएको छ। ईङल्याण्डको म्यानचेष्टरमा हुने पहिलो सेमीफाईनलमा बर्षाले बाधा पुर्‍याउने संभावना रहेको मौसम पुर्वानुमान गरिएको छ।

मंगलबार हुने पहिलो सेमीफाईनलमा खेल भएन भने बुधबार (रिजर्भ डे) खेल हुनेछ । बुधबार पनि बर्षाको संभावना रहेको जनाईएको छ। आइसीसी विश्वकप क्रिकेट २०१९मा पहिलो सेमीफाईनलमा भारत र न्युजिल्याण्ड भिड्दैछन्।

भारत प्रतियोगितामा एक खेल मात्र हारेर समुहको पहिलो स्थानमा रहेको छ। भारतले कुल १५ अंक प्राप्त गरेको छ। त्यसैगरि न्युजिल्याण्डले ११ अंक प्राप्त गरेको छ। न्युजिल्याण्ड ५ खेलमा बिजयी ३ खेलमा पराजित र एक खेल पानीले धोएपछि बराबरीमा सकिएको थियो।

आफ्ना लगातार तीन खेल हारेको न्युजिल्याण्डले सेमीफाईनलमा भारतलाई हराउन राम्रै मिहिनेत गर्नुपर्ने हुन्छ। राम्रो लयमा रहेको भारतलाई पराजित गर्न न्युजिल्याण्डले आफ्नो सबै बल प्रयोग गर्नुपर्ने हुन्छ ।

बर्षाले प्रभावित भएर यदी दुवै दिन खेल हुन सकेन भने भारत स्वत: फाईनल प्रवेश गर्नेछ। लिग खेलमा भारत पहिलो स्थानमा रहेकोले उक्त फाइदा भारतलाई हुनेछ। अंकतालिकामा भारत न्युजिल्याण्ड भन्दा माथि रहेकोले नियम अनुसार भारत बिजेता हुनेछ। न्युजिल्याण्ड र भारतको लिग चरणको खेल बर्षाका कारणले हुन सकेको थिएन।

बर्षाले प्रभावित नभए खेल रोमाञ्चक हुने पक्का छ । न्युजिल्याण्डलाई गत संस्करणमा फाईनल हारेको सम्झनाले पनि उत्साहित बनाउँनेछ भने भारत राम्रो लयमा रहेको छ। दुवै टोलीले एक-अर्कालाई पराजित गर्ने क्षमता राख्दछन्।

भारत बनाम न्युजिल्याण्ड

विश्वकप क्रिकेट २०१९ को पहिलो सेमिफाइनलमा मंगलवार भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । लिगचरणको खेलको पहिलो हुँदै सेमिफाइनलमा पुगेको भारत मंगलवार म्यानचेस्टरस्थित इमिरेट्स ओल्ड ट्राफोर्ड मैदानमा उच्च मनोबलका साथमा उत्रिनेछ । न्युजिल्याण्डले भने लिगचरणको अन्तिम तीन खेल हारेको थियो । लिगचरणमा भारतले ९ मध्ये ७ खेल जित्दा न्युजिल्याण्डले भने केवल ५ खेलमा जित हासिल गरेको थियो ।

विश्वकपमा भारत

आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि भारतले दुईपटक जितेको छ । सन् १९८३ र २०११ मा गरी उसले दुई उपाधि जितेको हो । सन् १९८३ को एकदिवसीय क्रिकेट विश्वकप पनि इंगल्याण्डमा भएको थियो । भारत सन् २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा पुगेको थियो । फाइनलमा उसले अष्ट्रेलियासँग पराजयको सामना गरेको थियो । यसपटकको विश्वकपमा पनि भारतलाई उपाधिको दाबेदार मुलुक मानिएको छ ।

विश्वकपमा न्युजिल्याण्ड

अहिलेसम्म न्युजिल्याण्डले एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्न सकेको छैन । सन् २०१५ को विश्वकपमा न्युजिल्याण्ड फाइनलमा पुगेको थियो । यो टोलीले ६ पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । यसपटक न्युजिल्याण्डलाई आफूलाई साबित गर्दै विश्वकप उपाधि जित्ने महत्वपूर्ण अवसर छ ।

हेड टु हेड

भारत र न्युजिल्याण्डको बीचमा अहिलेसम्म एकदिवसीय विश्वकपमा ८ पटक भेट भएको छ । जसमा न्युजिल्याण्डले ४ पटक र भारतले ३ पटक जित हासिल गरेका छन् । एक खेल रद्द भएको छ । सेमिफाइनलमा भने यी दुई टोली पहिलोपटक भिड्न लागेका हुन् ।

अहिलेसम्म भारत र न्युजिल्याण्डको बीचमा १ सय ७ एकदिवसीय क्रिकेटमा भेट भएको छ । जसमा भारतले ५५ खेलमा जित हासिल गरेको छ भने न्युजिल्याण्डले केवल ४५ खेलमा जित पारेको छ ।

टस महत्वपूर्ण

मंगलवार हुने भारत र न्युजिल्याण्डबीचको खेलमा टस निकै महत्वपूर्ण हुनसक्ने देखिएको छ । यी दुई टोलीको बीचमा विश्वकपको निर्णय आएको आएको ७ खेलमध्ये ६ खेल पहिला फिल्डिङ गर्ने टोलीले जितेको छ । यस्तोमा मंगलवार हुने खेलमा लक्ष्य पछ्याउने टोलीले जित्ने सम्भावना छ । यी दुई टोलीबीच भएको विश्वकपको खेलमा अहिलेसम्म एउटा टोलीले सबैभन्दा उच्च स्कोर २ सय ५३ रन बनाएको छ ।

सबैभन्दा कम स्कोर १ सय ४६ रन छ । सन् २००३ यता भने यी दुई टोलीको बीचमा विश्वकपमा खेल हुन सकेको छैन । लिगचरणको खेलमा पनि वर्षाको कारण दुईबीचको खेल रद्द भएको थियो । मैदान अनुसार हेर्ने हो भने मंगलवारको खेलमा पहिला ब्याटिङ गर्नेले जित्ने सम्भावना बढी हुन्छ ।

म्यानचेस्टरमा रहेको इमिरेट्स ओल्ड ट्राफोर्ड मैदानमा पहिले ब्याटिङ गर्ने टोलीले बनाएको औसत रन २ सय २५ छ । जबकी दोस्रोमा ब्याटिङ गर्ने टोलीको औसत १ सय ९७ छ । यो मैदानको सबैभन्दा उच्च स्कोर ३ सय ९७ रन छ । यो मैदानमा पछ्याइएको सबैभन्दा ठूलो लक्ष्य २ सय ८६ रनको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ