arrow

अमेरिकालाई झट्का, सिरियामा जर्मनीले सैनिक नपठाउने

logo
प्रकाशित २०७६ असार २३ सोमबार
siriya2.jpg

बर्लिन । जर्मनीले सिरियामा सैनिक पठाउने आफ्नो कुनै योजना नरहेको स्पष्ट गरेको छ । सिरियामा सक्रिय इस्लामिक स्टेट समूह विरुद्धको सैनिक कारबाहीमा सघाउन अमेरिकाले केही दिनअघि जर्मनीलाई अनुरोध गरेको थियो ।

जर्मन सरकारका प्रवक्ता स्टिफेन साइबर्टले इस्लामिक स्टेट समूह विरुद्धको वृहद् गठबन्धनमा जर्मनी सहभागी रहेको र त्यसलाई निरन्तरता दिइने बताउँदै प्रत्यक्ष सैन्य परिचालन नगरिने स्पष्ट गरे।

सिरियासम्बन्धी अमेरिकी विशेष प्रतिनिधि जेम्स जेफ्रीले जर्मनीका सञ्चार माध्यमलाई आइतबार प्रतिक्रिया दिँदै उत्तरी सिरियामा जर्मनीले आफ्ना सेना तैनाथ गरोस् भन्ने अमेरिकी चाहना रहेको बताएका थिए ।

सिरियाका बारेमा वार्ता गर्न बर्लिन पुगेका जेफ्रीले सेना परिचालनका बारेमा जर्मनीले यसै महिनाभित्र स्पष्ट जवाफ दिने विश्वास व्यक्त गरे।

गठबन्धनका तर्फबाट जर्मनीको सिरियामा संलग्नता आगामी अक्टोबर ३१ मा सकिँदैछ । उक्त मितिपछिका सम्बन्धमा जर्मनीको संलग्नताका बारेमा संसदले निर्णय गर्नुपर्नेछ ।एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ