arrow

नेपाल र हङकङ मैदानमा, उपाधि रक्षाका लागि नेपालको साहसिक बलिङ, सागरलाई ५ विकेट

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
nepal11.jpg

काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपालले उपाधि रक्षाका लागि अहिले हङकङसंग खेलिरहेको छ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि फाइनलमा अहिले हङकङसंग खेलिरहेको हो । 

किन्रारा ओभलमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । नेपालले निकै सशक्त बलिङ गरिरहेको छ । २५ ओभर खेल्दा हङकङले ५० रनमात्र बनाएको छ । 

सागर ढकाल एक्लैले ५ विकेट लिएका छन् । सागरले सोमबार सेमिफाइनलमा मलेसियामाथि ७ विकेटको जित निकाल्दा ३ विकेट लिएका थिए । 

हङकङले सेमिफाइनलमा सिंगापुरलाई डीएल म्याथड अनुसार वर्षाले खेल रोकिँदा ५१ रनको जित पाएको थियो । 

समूह चरणमा अपराजित रहँदै नेपाल समूह विजेता बनेको थियो । पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ