arrow

खेल ४३ ओभरको मेडन १५ वटा, कसको भागमा कति ?

logo
प्रकाशित २०७६ असार २४ मंगलबार

काठमाडौं । नेपालको यू–१९ क्रिकेट टिमले एउटा रेकर्ड बनाएको छ । त्यो हो मेडनको । नेपालले मलेसियामा जारी  एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा हङकङ विरुद्ध उक्त मेडनको रेकर्ड बनाएको हो । 

हङकङलाई ४३.१ ओभरमा अलआउट गरेका नेपाली बलरहरुले केवल ९५ रनमात्र दिए । 

त्यतिमात्र हैन १५ ओभर मेडन ओभर गरेका थिए । सबैभन्दा बढी विकेट लिने सागर ढकालले ५ मेडन राखेर ५ विकेट लिए । 

उनले १० ओभरमा ५ मेडन राखेर १८ रन खर्चेर ५ विकेट लिएका हुन् । 

त्यस्तै कुशल मल्लले पनि ५ मेडन राखे । उनले ८.१ ओभर बलिङ गर्दै ४ रन खर्चेर १ विकेट लिएका थिए । 

कमल सिंह ऐरीले ८ ओभरमा २ मेडन राख्दै २३ रन खर्चेर ३ विकेट लिएका थिए । 

रसिद खानले ७ ओभर बलिङ गर्दै १ मेडन राखेर १८ रन दिए । त्यस्तै पवन सर्राफले ६ ओभरमा १ मेडन राखेर १९ रन दिएका थिए । 

तिलकराम भण्डारीले ४ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर १ विकेट लिएका थिए ।  


उपाधि रक्षाका लागि अहिले हङकङसंग खेलिरहेको नेपालले मात्र ९६ रनको लक्ष्य पछ्याइरहेको छ ।  

किन्रारा ओभलमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरेपछि हङकङ सस्तैमा आउट भयो । नेपालले निकै सशक्त बलिङ गरेपछि हङकङ ४३.१ ओभरमा अलआउट भएर ९५ रन मात्र बनाउन सक्यो । 

सागर ढकाललाई ५ विकेट र कमल सिंह ऐरीले ३ तथा कुशल मल्ल र तिलकराज भण्डारीले १–१ विकेट लिए । हङकङका तीन खेलाडीले मात्र दोहोरो स्कोर खडा गरेकामा अदित गोरावाराले २४ रन बनाएका थिए । 

हङकङले सेमिफाइनलमा सिंगापुरलाई डीएल म्याथड अनुसार वर्षाले खेल रोकिँदा ५१ रनको जित पाएको थियो । 

समूह चरणमा अपराजित रहँदै नेपाल समूह विजेता बनेको थियो । पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ